प्रेम सुनार, भदौ २३, गुल्मी । आज ३७ औं  राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस गुल्मीमा सदाको भन्दा भव्य रुपमा मनाईएको छ  । सदरमुकाम तम्घासको वालमन्दिर प्रङ्गाणमा  भव्य समारोहको विच दिवस विशेष कार्यक्रमको प्रमुख जिल्ला अधिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार, भदौ २३, गुल्मी । आज ३७ औं  राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस गुल्मीमा सदाको भन्दा भव्य रुपमा मनाईएको छ  । सदरमुकाम तम्घासको वालमन्दिर प्रङ्गाणमा  भव्य समारोहको विच दिवस विशेष कार्यक्रमको प्रमुख जिल्ला अधिका"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा शिक्षा दिवस भव्य रुपमा मनाईयो

२३ भाद्र २०७३, बिहीबार ११:२३

प्रेम सुनार, भदौ २३, गुल्मी । आज ३७ औं  राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस गुल्मीमा सदाको भन्दा भव्य रुपमा मनाईएको छ  । सदरमुकाम तम्घासको वालमन्दिर प्रङ्गाणमा  भव्य समारोहको विच दिवस विशेष कार्यक्रमको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गरेका हुन् ।

  उद्घाटन सत्र सुरु भए देखि अन्तिम सम्म तम्घासका विभिन्न विद्यालयका भाई वहिनीहरुको नृत्यले मनोरञ्जनपुर्ण बनाएका थिए् ।  शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालयले जिल्लाका साठी जना भन्दा बढि शिक्षक विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

   उसले उत्कृष्ट विद्यालयहरु छनौट गरी त्यसका अध्यक्षहरुलाई समेत सम्मान गरेको छ । गत वर्ष शिक्षा दिवसको अवसरमा राष्ट्रिय पुरस्कार प्राप्त गने रेसुङ्गा नगरपालिको अर्जुन प्राविका शिक्षिका कविता खनाल ज्ञवाली, वाग्ला मावि वाग्लाका शिक्षक भेषराज खनाल , रुन्खादह मावि विरवासका शिक्षक दिननाथ ज्ञवाली, काभ्रेपोखरी मावि झिरवासका नेत्रराम खड्का , रिडी माविका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुलाई सम्मान गरिएको थियो ।

   त्यस्तै  अमर मावि नेटाका व्यवस्थापन समितिका अध्यक्ष मानबहादर् बिक,  रेन्वो ईङ्गलीस वोर्डिङ्ग स्कुल वलेटक्सारका प्रिन्सिपल फर्शुराम ज्ञवाली , देविस्थान प्रावि हुँगाका शिक्षिका सावित्री भण्डारी , घोर्ले माविकी शिक्षिका मिना राना वस्नेत लाई पनि सम्मान गरिएको थियो ।  

त्यस्तै कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा संस्थागत विद्यालय तर्फ  उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र तथा छात्राहरुलाई पनि पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

 उक्त परिक्षामा प्रथम हुने गौरीशंकर ईङ्गलीश वोर्डिङ्ग स्कुल चारपालका विद्याथी गणेश भुसाललाई पुरस्कृत गरिएको हो । त्यस्तै दृतिय हुने  गण्डकी वोर्डिङ्ग स्कुल तम्घासका हिमाल घिमिरे र तृतिय हुने तम्घासकै आदर्श विद्याश्रम ईलिङ्गलिश वोर्डिङ्ग स्कुलका विद्यार्थी अस्मीता मरासीनीलाई पनि पुरस्कृत गरिएको थियो ।

    त्यस्तै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट हुने रेसुङ्गा मावि तम्घासका विद्यार्थी प्रभास भण्डारी , दृतिय हुने शिद्धवावा मावि तम्घासका विद्याथी प्रविण बिक, तृतिय हुने हिमालय मावि वस्तुकी अर्चना भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो ।

  उत्कृष्ट हुुने विद्यालयहरु मध्ये पुर्तिघाटको जिवनोद्धार मावि, ग्वाघा मावि ग्वाघा, सरस्वती मावि विसुखर्क, ज्ञानोदय मावि तुराङ्ग, दृेविस्थान मावि हुँगा , काभे्रपोखरी मावि जुभुङ्ग, आदर्श मावि दिगाम ।

  मुसिकोट मावि बडागाउँ , भगवती मावि हर्दिनेटा, रेस््ङ्गा मावि तम्घास , राष्ट्रिय मावि थोर्गा , महेन्द्र आदर्श मावि थोर्गा, वाग्ला मावि वाग्ला , वालविकास निमावि वाँझकटेरी, रामराज्य मावि दोहली, कङकेदेउराली निमावि पुर्कोटदह  र हिमालय मावि वस्तु रहेका छन् ।

  त्यस्तै  विशेष योगदान पुराएको भन्दै रुरु एफएमका स्टेशन म्यानेज युगराज वस्याल ,  उत्कृष्ट कार्य गर्ने कर्मचारीका रुपमा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति तारबहादुर राउत  र सोही कार्यालयका शाखा अधिकृत हरिप्रसाद ज्ञवालीलाई पनि सम्मान गरिएको थियो ।

 सम्मानित र पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना , अध्यक्षता गरेका स्थानिय विकास अधिकारी डिलाराम पन्थी र जिल्ला शिक्षा अधिकारी लगायतका अतिथीहरुले सम्मान पत्र र पुरस्कार वितरण गरेका थिए ।

   कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता र शैक्षिक क्षेत्रका अगुवाहरु र सरोकारवाला संघ संस्थाको प्रतिनिधीत्व रहेको  थियो भने ति मध्ये केहिले मात्र शुभकामना मन्तव्य राखेका थिए । ‘ समृद्ध राष्ट्र निर्माणका लागि जीवनेपयोगी शिक्षामा लगानी ’ भन्ने मुलनाराका साथ मनाईदै गरेको दिवसमा कार्यपत्र पस्तुत गर्दै जिल्ला शिक्षा अधिकारी खनालले प्राविधिक शिक्ष्ााँमा राज्यले जोड दिएको बताए ।

 

  जिल्ला शिक्षा समितिका अध्यक्ष स्थानिय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सहयाक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जिल्लाको शैक्षिक अवस्थावारे प्रकाश पारिरहेका थिए । कार्यक्रमको  शाखा अधिकृत हरि ज्ञवालीले सञ्चालन गरेका थिए  ।  त्यस्तै शारदा मावि अमरअर्वथोक गुल्मी लगायत जिल्लाका सवै विद्यालयहरुमा पनि शिक्षा दिवस विविध कार्यक्रमका साथ मनाईएको समाचार प्राप्त भएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा