भदौ २३, चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । 

मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८/१९ वर्षीया दुई युवती लिएर भारतको मजुनीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । 

मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८/१९ वर्षीया दुई युवती लिएर भारतको मजुनीमा "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मानव बेचबिखनको अभियोगमा तामाङ पक्राउ

२३ भाद्र २०७३, बिहीबार ११:४२

भदौ २३, चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । 

मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८/१९ वर्षीया दुई युवती लिएर भारतको मजुनीमा राम्रो काम लगाइदिन्छु भन्दै फकाएर लैजाने क्रममा तामाङलाई नियन्त्रणमा लिइएको हो । 

यसभन्दा अघि तामाङमार्फत भारतको मजुनीमा बेचिएकी ९नाम परिवर्तित० हरि कुमारीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

बाबा आमा नभएकी ३ कक्षासम्म अध्ययन गरेकी कुमारी पहिलो पटक बेचिएको थाहा पाए पछि बिरामीको बहनामा अस्पताल पुगेर नेपालीको सहयोगमा स्वदेश फिर्ता भएकी थिइन । 

अभियुक्त तामाङले दिदी मायाँको साहारामा नेपालबाट नेपाली युवतीलाई भारत पु¥याउने गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी प्रवक्ता दीपककुमार श्रेष्ठले बताउनुभयो । 

उनले बढी मात्रामा अभिभावक नभएका युवतीलाई भारतको कोठीमा पु¥याउने गरेको उहाँले जानकारी गराउनुभयो । चालु आवमा मनव बेचबिखनको यो पहिलो मुद्दा भएको तर आव २०७२/०७३ मा भने छ वटा मानव बेचबिखनका मुद्दामा १८ जनालाई मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ । पछिल्लो समयमा चितवनको बाटो हुँदै मानव बेचबिखनका लागि युवती लगिने क्रम बढ्दो रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या