सन्तोषकुमार गुप्ता/भदौ २३, दाङ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले एक आर्थिक बर्ष २०७२/०७३ मा झन्डै दुई करोड राजश्व सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ २३, दाङ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले एक आर्थिक बर्ष २०७२/०७३ मा झन्डै दुई करोड राजश्व सं"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

यातायात कार्यालय भालुवाङमा झन्डै दुई करोड राजश्व संकलन

२३ भाद्र २०७३, बिहीबार १२:१३

सन्तोषकुमार गुप्ता/भदौ २३, दाङ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले एक आर्थिक बर्ष २०७२/०७३ मा झन्डै दुई करोड राजश्व संकलन गरेको छ । 

कार्यालयले एक बर्षको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट मात्रै १ करोड ७५ लाख १५ हजार ४ सय ३१ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गका प्रमुख सुखप्रसाद रजौरेका अनुसार ०७२ साउन देखि ०७३ असार मसान्त सम्म एक आर्थिक बर्षको अबधिमा सवारी साधन करबाट १ करोड ५५ लाख ६७ हजार २० रुपैयाँ, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७ लाख ५८ हजार ८ सय २१ रुपैयाँ र रुट नबिकरणबाट ११ लाख ८९ हजार ५ सय ९० रुपैयाँ संकलन भएको जानकारी दिए । 

जस अनुसार साउन महिनामा सवारी साधन करबाट ८१ हजार ३ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट १३ हजार २ सय ९२ र रुट नबिकरणबाट ५३ हजार ८ सय ३७ रुपैयाँ गरी कुल १ लाख ४८ हजार ४ सय २९ रुपैयाँ, भदौ महिनामा सवारी साधन करबाट ३ लाख ८९ हजार ५ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३४ हजार ७ सय ५९ र रुट नबिकरणबाट ३९ हजार १ सय ४४ रुपैयाँ गरी कुल ४ लाख ६३ हजार ४ सय ३ रुपैयाँ र असोज महिनामा सवारी साधन करबाट १३ लाख ४१ हजार ५ सय ४०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७६ हजार २० र रुट नबिकरणबाट ६७ हजार ५ सय २४ रुपैयाँ गरी कुल १४ लाख ८५ हजार ८४ रुपैयाँ राजश्व संकलन भएको कार्यालयका सुचना अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए । 

त्यसैगरी कात्र्तिक महिनामा सवारी साधन करबाट ९ लाख २६ हजार २ सय ५६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३१ हजार ८ सय ५० र रुट नबिकरणबाट ४७ हजार ५ सय ४७ रुपैयाँ गरी कुल १० लाख ५ हजार ६ सय ५० रुपैयाँ, मंसिर महिनामा सवारी साधन करबाट १३ लाख ६४ हजार ९ सय २०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार ७ सय ९२ र रुट नबिकरणबाट ७० हजार ३ सय २ रुपैयाँ गरी कुल १४ लाख ८२ हजार १४ रुपैयाँ र पुस महिनामा सवारी साधन करबाट १६ लाख ६३ हजार २६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५९ हजार ३ सय ७२ र रुट नबिकरणबाट ९४ हजार ५ सय ९४ रुपैयाँ गरी कुल १८ लाख १६ हजार ९ सय ९२ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकृत न्यौपानेले जानकारी दिए ।

 त्यसैगरी माघ महिनामा सवारी साधन करबाट १३ लाख ९७ हजार १ सय ५५, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार २ सय ३० र रुट नबिकरणबाट ९९ हजार ३ सय ४ रुपैयाँ गरी कुल १५ लाख २२ हजार ६ सय ८९ रुपैयाँ, फागुन महिनामा सवारी साधन करबाट १४ लाख ३३ हजार ७ सय ३०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५३ हजार १ सय ७० र रुट नबिकरणबाट १ लाख ६ हजार ९ सय ४४ रुपैयाँ गरी कुल १५ लाख ९३ हजार ८ सय ४४ रुपैयाँ र चैत महिनामा सवारी साधन करबाट २६ लाख १६ हजार ६ सय २८, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ८४ हजार १ र रुट नबिकरणबाट १ लाख ८ हजार ९ सय ५३ रुपैयाँ गरी कुल २८ लाख ९ हजार ६ सय ८१ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकृत न्यौपानेले जानकारी दिए ।      

त्यसैगरी बैशाख महिनामा सवारी साधन करबाट १२ लाख १ हजार ५ सय ५३, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५३ हजार २ सय १ र रुट नबिकरणबाट १ लाख ३२ हजार ४ सय ९८ रुपैयाँ गरी १३ लाख ८७ हजार २ सय ८२ रुपैयाँ, जेष्ठ महिनामा सवारी साधन करबाट १५ लाख ५० हजार ८ सय ४५, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ६० हजार ९ सय ५० र रुट नबिकरणबाट १ लाख ३ हजार ६ सय ९६ रुपैयाँ गरी १७ लाख ९५ हजार ४ सय ९१ रुपैयाँ र असार महिनामा सवारी साधन करबाट १७ लाख ३५ हजार ७ सय १२, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ६३ हजार ९ सय १० र रुट नबिकरणबाट १ लाख ५ हजार २ सय ४८ रुपैयाँ गरी १९ लाख ८४ हजार ८ सय ७० रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकृत न्यौपानेले जानकारी दिए ।

एक बर्षको अबधिमा सबै भन्दा बढी चैत महिनामा राजश्व संकलन भएको कार्यालयले जनाएको छ । चैत महिनामा मात्रै २८ लाख ९ हजार ६ सय ८१ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।  त्यसैगरी एक बर्षकै अबधिमा सवारी साधन जाँजपास तथा रुट नबिकरण अन्र्तगत बस ३ सय ८९ जाँचपास तथा ५ सय ४५ रुट नबिकरण, मिनिबस १ सय ५ जाँचपास तथा १ सय ९ रुट नबिकरण, ट्रक २ सय ३० जाँचपास तथा ७६ रुट नबिकरण र जीपकार २ सय २४ जाँचपास २ सय ५५ रुट नविकरण गरिएको कार्यालयले जनाएको छ । 

त्यसैगरी टिप्पर ८६ जाँचपास तथा २५ रुट नबिकरण,  ट्याङ्कर २ जाँचपास तथा रुट नविकरण १ र मिनिट्रक २३ जाँचपास तथा १० रुट नबिकरण, भ्यान १ जाँचपास तथा १ रुट नविकरण, पिक्प २ जाँचपास तथा १ रुट नविकरण र अटोरिक्सा २ जाँचपास तथा २ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङमा अधिराज्य भरिका सवारी साधन यातायात निमावली अनुसार ६/६ महिनामा सवारी जाँचपास गरिने प्राबधान रहेको र  रुट नबिकरण राप्ती अञ्चल भरिका सवारी साधनको ४÷४ महिनामा गर्ने प्राबधान रहेको कार्यालय प्रमुख रजौरेले जानकारी दिए । 

२०७२ साउन देखि भालुवाङ्गमा कार्यालय सञ्चालन आए देखि दैनिक सरदर २५—३० जना सेवा ग्राहीहरु आउने गरेको कार्यालयले जनाएको छ । कार्यालयमा सवारी नबिकरण जाँचपासका लागि देशका विभिन्न स्थानबाट समेत सेवा लिन आउने गरेको कार्यालयले जनाएको । साथै सेवा ग्राहीहरुलाई छिटो छरिटो सहज रुपमा सेवा प्रदान गरिरहेको समेत कार्यालयले दाबी गरेको छ । पूर्व पश्चिम राजमार्गको भालुवाङ्गमै यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन आए संगै हजारौँ यातायात व्यवसायहरु प्रतयक्ष लाभन्दित तथा हर्षित समेत भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव