प्रेम सुनार/ भदौ २४, गुल्मी । गुल्मीको बडागाउँ ५ पेगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवले हरितालिका तीजको विदाई र आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा भदौ ३१ गते खुल्ला  तिज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/ भदौ २४, गुल्मी । गुल्मीको बडागाउँ ५ पेगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवले हरितालिका तीजको विदाई र आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा भदौ ३१ गते खुल्ला  तिज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
<"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पेगामा तिजको बेग्लै धमाका हुँदै

२०७३, २४ भाद्र शुक्रबार ०९:४२

प्रेम सुनार/ भदौ २४, गुल्मी । गुल्मीको बडागाउँ ५ पेगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवले हरितालिका तीजको विदाई र आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा भदौ ३१ गते खुल्ला  तिज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

  मौलिक सांस्कृतिक संरक्षणमा हरेक चाड पर्व र अन्य विशेष समयमा महत्वपुर्ण भुमिका खेल्दै  आएको उक्त क्लवले हरेक वर्ष झैं यस वर्ष पनि  तिज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष अशोक सोमैले जानकारी दिए  ।

    बडागाउँ घर भई वैदेशिक रोजगारमा रहेका क्लवका शुभुच्छुकहरुको विशेष सहयोगमा हुन लागेको उक्त कार्यक्रमलाई अझ भव्य पार्न अध्यक्ष सोमैले सवै पक्षको सहयोगका लागि अपिल समेत गरेका छन् । चर्चित राष्ट्रिय र स्थानिय कलाकारहरुको वेजोड प्रस्तुतीका साथ आयोजना गरिएको  उक्त कार्यक्रमको अफिसियल मिडिया रेसुङ्गा टेलिभिजन  रहेको र त्यस मार्फत सम्पुर्ण दृश्य प्रशारण गरिने र युट्युवबाट समेत देश विदेशमा रहेका नेपालीहरुले हेर्न सक्ने व्यवस्था मिलाईएको उनले बताए ।  

उनले दिएको जानकारी अनुसार तिज गीत प्रतियोगितामा  जनचेतना मुलक र नारी वेदनामा आधारित रचनाहरु हुनु पर्नेछ । प्रथम पुरस्कारका धनराशी ७ हजार ७ सय ७७ रहेको छ । उक्त पुरस्कारको शौजन्य गरेका छन् बडागाउँ–५ पेगा निवासी कृष्ण पाण्डेले । दृतिय पुरस्कारको धनराशी रहेको छ ५ हजार ५ सय ५५ । त्यसका शौजन्यकर्ता हुन पेगा घर भई दक्षिण कोरियामा कार्यरत युवराज थापा । तृतिय पुरस्कार ३ हजार ३ सय ३३ का शौजन्यकर्ता हुन पेगा घर भई दोहा कतारमा कार्यरत ध्रुर्व थापा । त्यस्र्त सान्तवना पुरस्कार १ हजार ५ सय १५ का शौजन्यकर्ता हुन जलुके  घर भई तम्घासको उदिन ढुङ्गामा रहेको ईश्वर फेन्सी स्टोरका प्रोपराईटर दुर्गा खड्का ।

   उक्त कार्यक्रमका लागि हाल सम्मका विशेष सहयोगीहरुमा बडागाउँ– ५ पेंगाका पदमबहादुर पाण्डे , सोही स्थान घर भई दोहा कतारमा कार्यरत दिपक शाही , यमबहादुर जिसी, विजयकुमार गन्र्धव , यमबहादुर वराम्ले , कालिका सुनचाँदी पसल कुर्घा ५ का प्रोपराईटर दिपेश श्रीपाली , पेगा घर भई दक्षिण कोरियामा कार्यरत प्रदिप जिसी , वराल फोटो स्टुडियो बडागाउँ ६ मैदानका प्रोपराईटर कमल वराल र अस्मीता पुस्तक पसल तम्घासका प्रोपराईटर खड्गबहादुर थापा ।

  अहिले सम्म  चर्चित तिज गीत –‘ भंगेरी चरीले मैदानमा लरी लरर..’ की गायिका शिलु भट्टराई ,  गायक गणेश अधिकारी , केशव कुँवर , अर्जु कुँवर ( पितृ बा ) र सविन क्षेत्री ( चिलिगाण्डे )   उक्त कार्यक्रममा आउने पक्का भई सकेको र थप कलाकारहरु ल्याउने पहल भई रहेको अध्यक्ष सोमईले बताएका छन् ।

वर्षेनी त्यस पेंगामा हुने सांस्कृतिक कार्यक्रमलाई हेर्न सदरमुकाम तम्घास , छिमेकी गाविसहरु मुसिकोट, हस्तीचौर , कुर्घा , आँपचौर र वामी सम्मबाट मानिसहरु आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते