१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुरमा धेरै क्षति

२५ श्रावण २०७९, बुधबार ०६:१९

साउन २५, भक्तपुर | अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनाेहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा धेरै क्षति पुगेको हो ।


ती स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घटनाका कारण मानवीय क्षति भने हुन नपाएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

वर्षाका कारण चाँगुनारायण नगरपालिका-४ मनाेहरा खोला निलोपुल नजिक सुनसरी घर भई हाल सोही स्थानमा बसी बंगुर फर्म सञ्चालन गर्ने हरि राईको बंगुर फर्मबाट खोलाले चारवटा बंगुर बगाएको छ । चांगुनाररायण नगरपालिका- १ दुवाकोट बेसी मनाेहरा खोला किनारका २० वटा घरटहरामा पानी पसेपछि मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

मध्यपुर ठिमी नगरपालिका- २ मनाेहरा खोला किनार दिब्यश्वरी प्लानिङस्थित सोही स्थान बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएकोमा फर्ममा रहेका पाँंच सयवटा हाँस, दुई सयवटा बंगुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ मनाेहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घरटहरामा पानी पसेको छ । मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमी मनाेहरा खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका-७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका वर्ष ७० को पेमा तामाङको टहराभित्र रहेको २६ बोरा चामलमा पानीले क्षति भएको र गिरिराज कुखुराको चल्ला ४५ वटा बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार