९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

काँग्रेसको महाधिवेसन र नाकाबन्दी ,आम हडताल स्थगन नै मधेसी जनताको मर्म र भावना बिपरित – नेता यादव

८ फाल्गुन २०७२, शनिबार १३:०५

फागुन ८, वीरगंज । संघीय
नव बिचार समुहको आज पर्साको गाबिस भेडिहारीमा भेटघाट एवं अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय अगुवा नथुनी प्रसाद कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै संघीय नव बिचार
समुहका केन्द्रिय नेता राजकुमार यादवले फागुन २९ गते समुहको काठमाडौंमा हुने राष्ट्रिय भेलामा सहभागि
हुन सवैलाई आग्रह गरेका थिए ।

सभामा यादवले जारी मधेस आन्दोलन
उत्कर्षमा पुगेको बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केन्द्रिय नेताहरुको अदुरदशिता एवं नेपाली
काँग्रेसको चलखेलका कारण मधेस आन्दोलन तुहिएको आरोप लगाए । आन्दोलनको मुख्य केन्द्र रहेको वीरगंज नाका
खुले पछि जनताहरुमा व्यापक निरासा छाएको बताउदै प्रमुख दलहरुले जारी गरेको संबिधान पुनरलेखन नभए सम्म
मधेसी जनताहरुको अधिकार सुनिश्चित नहुने ठोकुवा गरेका थिए ।

मधेसी जनताको भावना बिपरित नाकाबन्दी खुलेको बताउदै यादवले मधेसको अधिकार र पहिचानका लागि
संबिधान सभा भित्र रहेका मधेसवादी दलका साँसदहरुले राजिनामा दिई आन्दोलनमा इमान्दारीपुर्वक सहयोग नगरे र
संबिधान सभा बाहिर रहेका सम्पुर्ण मधेसवादी शक्तिहरु समेत एक नभए सम्म आन्दोलनले सफलता प्राप्त नगर्ने
बताउनु भयो ।

भेडिहारीमा सम्पन्न सभामा संघीय नव बिचार समुह
पर्साका अगुवा नेताहरु महमद नस्रुलाह मियाँ,रामबहादुर राउत कुर्मी,बिश्वनाथ ठाकुर,नागेन्द्र यादव,प्रभु
पटेल,ईनरमन राउत कमकर,टंकराज शर्मा,अजय मिश्रा,प्रयाग राउत कुर्मी,लेखमन पटेल,राधाकृष्ण चौरसिया
,दिपनारायण रौनियार ,राजकुमार साह तेली,संदिप चौरसिया लगायतकाले आ आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो