२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५५ वर्षको उमेरमा एक कक्षामा भर्ना

२०७९, २८ श्रावण शनिबार ११:००

साउन २८, सिमकोट | सिमकोट गाउँपालिका –३ को गुम्वा गाउँँकी ५५ वर्षीया एक महिला कक्षा एकमा भर्ना हुनुभएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा वडा सदस्य निर्वाचित भएपछि कार्यपालिका सदस्यमा समेत निर्वाचित हुनुभएको सिमकोट गाउँपालिका –३ को गुम्वा गाउँकी नाक्साल लामा शैक्षिक सत्रअन्तर्गत कक्षा एकमा भर्ना गर्नुभएको हो ।


कार्यपालिका सदस्य भए पनि लामा लेखपढ गर्न सक्नुहुन्न । यस कारण धेरै कुरा थाहा नहुने हुँदा केही जान्न र बुझ्न कक्षा एकमा भर्ना भएको लामा बताउनुुहुन्छ ।

गाउँकै हिमगिरी प्राथमिक विद्यालयमा उहाँले भर्ना गर्नुभएको छ । जनप्रतिनिधि हुँदा सामान्य हस्ताक्षर गर्न र नाम मात्र लेख्ने लामा अहिले कखरा राम्रोसँग पढ्न र लेख्न सक्नुहुन्छ ।

उहाँले पढाइको महत्त्व बुझेर नै आफुले यो उमेरमा पढाइ सुरु गरेको र कतिसम्म सकिन्छ त्यति बेलासम्म अध्ययन गर्ने बताउनुुभयो । पढेर जागिर खाउँला वा अन्य केही गरौलाभन्दा पनि साक्षर बन्नकै लागि पढाइ सुरु गरेको उहाँको भनाइ छ ।

उहाँको कक्षामा चार जना साथी छन् । नजानेको कुरा साथीहरुसँग सोध्ने गरेको उहाँ बताउनुुहुन्छ । विद्यालयमा भर्ना भएसँगै किताब कापी पनि उहाँले पाउनुभएको छ ।

दिउँसो नातिनी उमेर समूहका साथीसँग उहाँ पढ्न बस्नुहुन्छ । तर, उहाँका छोरी क्याम्मालाई आमाले यो उमेरमा विद्यालय भर्ना गरे पढ्न थालेको मन परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल