४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५५ वर्षको उमेरमा एक कक्षामा भर्ना

२८ श्रावण २०७९, शनिबार ११:००

साउन २८, सिमकोट | सिमकोट गाउँपालिका –३ को गुम्वा गाउँँकी ५५ वर्षीया एक महिला कक्षा एकमा भर्ना हुनुभएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा वडा सदस्य निर्वाचित भएपछि कार्यपालिका सदस्यमा समेत निर्वाचित हुनुभएको सिमकोट गाउँपालिका –३ को गुम्वा गाउँकी नाक्साल लामा शैक्षिक सत्रअन्तर्गत कक्षा एकमा भर्ना गर्नुभएको हो ।


कार्यपालिका सदस्य भए पनि लामा लेखपढ गर्न सक्नुहुन्न । यस कारण धेरै कुरा थाहा नहुने हुँदा केही जान्न र बुझ्न कक्षा एकमा भर्ना भएको लामा बताउनुुहुन्छ ।

गाउँकै हिमगिरी प्राथमिक विद्यालयमा उहाँले भर्ना गर्नुभएको छ । जनप्रतिनिधि हुँदा सामान्य हस्ताक्षर गर्न र नाम मात्र लेख्ने लामा अहिले कखरा राम्रोसँग पढ्न र लेख्न सक्नुहुन्छ ।

उहाँले पढाइको महत्त्व बुझेर नै आफुले यो उमेरमा पढाइ सुरु गरेको र कतिसम्म सकिन्छ त्यति बेलासम्म अध्ययन गर्ने बताउनुुभयो । पढेर जागिर खाउँला वा अन्य केही गरौलाभन्दा पनि साक्षर बन्नकै लागि पढाइ सुरु गरेको उहाँको भनाइ छ ।

उहाँको कक्षामा चार जना साथी छन् । नजानेको कुरा साथीहरुसँग सोध्ने गरेको उहाँ बताउनुुहुन्छ । विद्यालयमा भर्ना भएसँगै किताब कापी पनि उहाँले पाउनुभएको छ ।

दिउँसो नातिनी उमेर समूहका साथीसँग उहाँ पढ्न बस्नुहुन्छ । तर, उहाँका छोरी क्याम्मालाई आमाले यो उमेरमा विद्यालय भर्ना गरे पढ्न थालेको मन परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ