नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्लामा आइतबार सम्पन्न भएको एक कार्यशाला गोष्ठिका स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्लामा आइतबार सम्पन्न भएको एक कार्यशाला गोष्ठिका स"/>
१ माघ २०८२, बुधबार
जुम्ला - JML

कार्यशाला गोष्ठिका सहभागिद्धारा वल्र्डभिजनको प्रशंसा

२६ भाद्र २०७३, आईतवार १६:३३

नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्लामा आइतबार सम्पन्न भएको एक कार्यशाला गोष्ठिका सहभागिले वल्र्डभिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाको प्रशंसा गरेका छन् । वल्र्डभिजन जुम्लाले जिल्लाको शिक्षा, स्वास्थ, कृर्षि, प्रकोप न्युनिकरण र सुशासनको क्षेत्रमा अहम भुमिका खेलेको भन्दै वल्र्डभिजनको प्रशंसा गरेको उनिहरुको भनाइ छ । आइतबार वल्र्डभिजन जुम्लाको आयोजनामा जिल्लामा सम्पन्न भएको कार्यशाला गोष्ठिका सहभागिले यस्तो बताएका हुन् ।

वल्र्डभिजनद्धारा जिल्लामा संचालन हुने सबै कार्यक्रमलाइ सफल पार्न आ आफ्नो क्षेत्रबाट सक्दोसहयोग गर्ने बताउदै वल्र्डभिजनलाइ आगामि दिनमा समुदायको मागका आधारमा कार्यक्रम ल्याएर अघि बढ्न कार्यशाला गोष्ठिका सहभागिले आग्रह गरेका छन् । कार्यशाला गोष्ठिमा सहभागिलाइ समुहमा विभाजन गरी आ आफ्नो क्षेत्रबाट वल्र्डभिजनलाइ सहयोग गर्न तथा गोष्ठिमा सिकेका कुरा गाँउमा अन्य ब्यक्तिहरुलाइ जानकारी दिनका लागि सामान्य योजना बनाउन लगाइएको थियो ।

सहभागिका अनुसार आफुले सक्ने र गोष्ठिमा सिकेका कुरा गाँउका अन्य ब्यक्तिलाइ जानकारी दिन प्रतिबद्धता सहित योजना निर्माण गरीएको छ । आफुले बनाएको योजना अनुसार सार्बजानिक योजना निर्माणमा महिलाको सहभागिता आवाश्यकताको बिषयमा गाँउमा निर्माणाधिन खानेपानि उपभोक्ता समितिमा रहेका महिला दिदि बहिनि तथा अन्य ब्यक्तिलाइ भेला गराइ अनुभव आदान प्रदान गर्ने चन्दननाथ ४ कि गंगा महत र जवाना बुढ्थापाले प्रतिबद्धता जनाएकि छन् ।

यस्तै सहभागि द्धारीका कठायतले वडामा आमा समुहको भेला गराइ सेवाप्रति स्थानिय निकायको जबाफदेहिता तथा सुचनाको आवाश्यकताका बिषयमा आफुले सिकेका कुरा साटासाट गर्ने बताउनु भएको छ । गोष्ठिको सहजिकरण गर्दै वल्र्डभिजन जुम्लाका जबाफदेहिता सहजकर्ता सोम गुरुङले जबाफदेहिता, सामाजिक जबाफदेहिता र जबाफदेहिता किन भन्ने बिषयमा जानकारी दिनुभयो । जँहा जबाफदेहिता हुन्छ, त्यहाँ प्रतिबद्धता र स्तरमापन हुने उहाले बताउनुभयो । गोष्ठिको सहजिकरणको क्रममा प्रमुख विकास सहजकर्ता प्रकाश नेपालिले सुशासन र जबाफदेहितामा आरोप प्रत्यारोपको कुरा नगर्न आग्रह गर्दै झुट्टा हल्लाको पछि नलाग्न सबैमा अनुरोध गर्नुभयो ।

गोष्ठिमा वल्र्डभिजन जुम्लाका शिक्षा परीयोजना अधिकृत भिम सार्किले वल्र्डभिजनले जुम्लामा गरेका काम र जिल्लामा खेल्नुपर्ने भुमिकाको बिषयमा सल्लाह, सुझाब दिन आग्रह गर्नुभयो । कार्यालयको निशुल्क पैसा नलाग्ने फोन नं १६६००१०००१४ मा सम्पर्क गरी जानकारी दिन उहाको अनुरोध छ । वल्र्डभिजनले गर्ने कार्यप्रति कार्यालय जबाफदेहि रहेको भन्दै अझै जबाफदेहि रहन समुदायका सल्लाह, सुझाब, प्रतिक्रिया र उजुरीलाइ स्वागत गर्ने शिक्षा परीयोजना अधिकृत सार्किले बताउनुभयो ।

सबै सेवा प्रदायक निकाय सेवा, काम र जिम्मेवार प्रति कर्तब्य निष्ठ रहेमा र सेवाग्राहिले पनि आवाश्यक प्रक्रियाका साथ आफ्ना कमिकमजोरी सच्याएमा सबै जबाफदेहिता हुने उहाको भनाइ छ । वल्र्डभिजन जुम्लाका एडिपि म्यानेजर टेक सुनारले समाजमा हुने सबै क्रियाकलापमा पारदर्शिता हुनुपर्नेमा जोड दिदै वल्र्डभिजनले हरेक कार्यक्रममा पारदर्शिता कायम गरेको बताउनुभयो । समुदायको माग र सल्लाहका आधारमा अघि बढ्ने उहाको भनाइ छ । साथै गोष्ठिको समापन गर्दै सुनारले सहभागिलाइ आफुले सिकेका कुरा ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का