४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संचारगृहमा आक्रमण र संचारकर्मीलाई धम्की बढेकोमा पत्रकार महासंघको आपत्ति

९ फाल्गुन २०७२, आईतवार १४:२२

फागुन ९, वीरगन्ज ।

दोषीलाई काड कारवाही
नहुने आन्दोलनमा उत्रने चेतावनी

वीरगन्जका बिभिन्न संचारगृहमा आक्रमण तथा चोरी र
संचारकर्मीमाथि धम्कीको श्रृखला बढेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले आपत्ति जनाएको छ

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको पत्रकार
महासंघको पदाधिकारी,कार्य समिति सहितको पर्साका संचारकर्मीहरुको टोलीले त्यतिबेला निमित्त रहेका प्रहरी
उपरीक्षक हामेन्द्र बोगटीलाई भेटी संचारगृह र संचारकर्मीहरुले झेल्न परेको सुरक्षा संवेदनशिलताबारे
आपत्ति जनाएको हो । पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अगुवाईमा रहेको टोलीले बोगटीलाई
भेटी शनिबार मध्य रातमा वीरगन्जबाट प्रसारण हुने नारायणी एफएममाथि भएको आक्रमण बारे चिन्ता जनाउदै
तत्काल घटनामा संलग्न दोषीलाई पक्राउ गरी कडा कानुनी कारवाहीको माग गरेको छ ।

यसरी नै वीरगन्जबाटै प्रकाशित हुने राष्ट्रिय साहारा दैनिकका प्रकाशक तथा सम्पादक
चन्द्रभूषण साहलाई समाचार लेखेकै कारण धम्की खेप्न परेको घटनाले पर्साका संचारकर्मीहरुलाई आक्रोशित
बनाएको सो अवसरमा अध्यक्ष बन्जराले बताएका छन् । वीरगन्जबाटै प्रसारण हुने बिन्दास एफएममा भएको चोरीका
बिषयमा पनि प्रहरी उपरीक्षको ध्यानाकर्षण अध्यक्ष बन्जराले गराएका थिए । सबै घटनामा संलग्न दोषीहरुलाई
नतत्काल पक्राउ गरी कारवाही नगरे आफूहरु कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत बन्जराले दिएका
छन् ।

टोलीमा सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोबिन्द
देवकोटा,पीडित पत्रकार चन्द्रभूषण साह,पत्रकार महासंघ पर्साका उपाध्यक्ष धुब्र साह,सचिव कृष्णउदास
खनाल,सहसचिव शेखर छतकुली,कार्य समितिका सदस्यहरु निरंजन मिश्र,संजिव मिश्र,प्रेस चौतारीका केन्द्रीय
लालबावु शेख,प्रेस युनियनका केन्द्रीय बिजय कुशवाहा,पूर्व अध्यक्ष दीपेन्द्र चौहान,पूर्व अध्यक्ष केसी
लामिछाने,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नीरज पिठाकाटे लगायतका पर्साका पत्रकारहरुको सहभागिता
रहेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले
बिभिन्न संचारगृहमाथि आक्रमण,संचारकर्मीमाथि धम्कीको श्रृखला बढेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
। आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले नारायणी
एफएम वीरगन्जमा भएको घटनामा संलग्नहरुलाई कडा कानुनी कारवाहीमो माग गरेका छन् भने राष्ट्रिय साहारा
दैनिकका प्रकाशक तथा सम्पादक चन्द्रभूषण साहलाई धम्की दिनेहरुलाई कडा कानुनी कारवाही गर्न स्थानीय
प्रशासनसंग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ