भदौ २७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दुई गैँडाका बच्चाको उद्धार

२७ भाद्र २०७३, सोमबार ०७:४१

भदौ २७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र अमलटारीबाट एक महिनाको भाले बच्चालाई उद्धार गरी उपचार थालिएको हो । दुवै बच्चालाई निकुञ्जको सौराहामा राखेर उपचार गरिएको छ । 

मेघौलीमा उद्धार गरिएका गैँडाका बच्चालाई बाघले आक्रमण गरेको अनुमान गरिएको छ । निकुञ्जका भेटनरी डाक्टर कमल गैरेका अनुसार ती बच्चाको अगाडिको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न ठाउँमा घाउ छ । दूध खुवाउन नसकिएको भन्दै उनले घाँस राम्रोसँग खाने हुँदा कुनै समस्या नपरेको बताए । ती बच्चा साउन २४ गते मेघौली सेराई होटलमा करेन्ट लागेर मरेको गैँडाको बच्चा हुन सक्ने बोटेहरुले बताएको डा गैरेको भनाइ छ । 

अमलटारीबाट उद्धार गरिएका बच्चाको पछाडिको खुट्टामा गोहीले टोकेको उनले बताए । नदीले बगाएर आमा र बच्चालाई दुईतर्फ बनाएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ । अलपत्र देखेपछि दुई/तीन दिन हेर्दासमेत आमा नभेटिएपछि बच्चालाई उद्धार गरिएको सहायक संरक्षण अधिकृत अर्यालले बताए  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या