८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन

९ भाद्र २०७९, बिहीबार ०८:२९

भदौ ९, तेह्रथुम | छथर गाउँपालिका-२ तेह्रथुमकी राजकुमारी लिम्बूकाे घरमा अहिले एक दर्जनभन्दा बढी बंगुरका पाठापाठी छन् । पाठापाठी बिक्रीबाटै उनले घर खर्चकाे जोहो गर्दै आएकी थिइन । तर, यसपटक भने पाठापाठी बिक्री नभएका कारण घर चलाउन मुस्किल भएकाे छ । पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्याउँदा पनि बिक्री नभएकाे उनले बताइन् । 


बंगुरको पाठापाठी बिक्रीबाट मात्रै उनले एक सिजनमा ३० देखि ४० हजारसम्म आम्दानी लिँदै आएकी छिन । उनी भन्छिन्, ‘यसपालि एउटा माउले १० वटा पाठापाठी पाएको थियो । ३०-३५ हजार आम्दानी हुन्छ भन्ने आशा थियो । तर, बिक्री नै भएनन् ।' अघिल्लाे सिजनमा चार हजारमा बिक्री भएका पाठापाठी यसपटक १५ सयमा पनि बिक्री नभएकाे उनकाे दुखेसाे छ । 

उनी जस्तै लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्रीका लागि बजार पुर्याइन । उनका पाठापाठी पनि बिक्री नभएपछि फकाएर ल्याइन । ‘पोहाेरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थे । तर,यसपालि त व्यपारी नै आएनन् ।’ लक्ष्मीले भनिन् ।

बिशेषगरी जानजाति समुदायले घर खर्च टार्न बंगुरपालन र बिक्री गर्दै आएका छन् । तेह्रथुमको ग्रामिण क्षेत्रका किसानको आम्दानीकाे मुख्य स्राेत नै बंगुरपालन हो । तर, बिक्री नै नभएपछि स्थानीय मारमा पर्दै आएका छन् । कोरोना माहामारीका बेला पनि राम्रो मूल्यमा बिक्री भएका पाठापाठी ६ महिनायता बिक्री हुन छाडेकाे छ । 

तेह्रथुममा उत्पादन भएका पाठापाठी छिमेकी धनकुटा जिल्लाको विभिन्न बजार केन्द्र साथै पुर्वी तराईका जिल्लाहमा निर्यात हुने गरेका छन् । बजार राम्रो हुँदा बंगुर खरिद गरी राजधानी लगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए ।  व्यवसायीहरूले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बंगुर तथा स्थानीय रैथाने जातका च्वाँचे पाल्ने गरेका छन् ।

स्थानीय सरकारले बंगुर व्यवसायीहरुलाई उन्नत जातका बेफा तथा अनुदान दिँदै आएको छ । युवाहरूको आकर्षण बंगुरपालनमा भए पनि बजार अभावका कारण किसान चिन्तित बनेका छन् । स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भैरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र