७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चोरीका सत्र मोटरसाइकल बरामद

२७ भाद्र २०७३, सोमबार ०७:४४

भदौ २७, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका १७ वटा मोटरसाइकल बरामद गरेको छ । 

नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो । बरामद मोटरसाइकलमध्ये ११ वटालाई भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक सुदाम रावलले बताए । 

“भदौ महिनामा बरामद गरिएका बाँकी छवटा चोरीका मोटरसाइकल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएका छौँ”– प्रहरी निरीक्षक रावलले भने । 

अवैधरुपमा नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका चोरीका मोटरसाइकल अवैध सामान ओसारपसार र आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएपछि नगरपालिकाका विभिन्न क्षेत्रबाट प्रहरी परिचालन गरी बरामद गरिएको उनले बताए । 

यसैक्रममा, नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय, झलारीले पाँचजना फरार अभियुक्तलाई पक्राउ गरी जिप्रका, कञ्चनपुरमा बुझाइएको, चोरी निकासी हुँदै आएको रु एक लाख २७ हजार बराबरको सामान बरामद गरी भन्सारमा बुझाइएको र रु ८० हजार मूल्यको अवैध मदिरा बरामद गरी राजस्व कार्यालय महेन्द्रनगरमा बुझाएको जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या