४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

हाजिर भएको दुई घण्टा नबित्दै सरुवा

९ भाद्र २०७९, बिहीबार १०:४४

भदौ ९,  रौतहट | जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आर्चायलाई हाजिर गरायो ।

मन्त्रालयले खरिदार आर्चायको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आर्चायले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आर्चायले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आर्चायको हाजिर गराएको थियो । आर्चाय हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।

उक्त पत्रमा आर्चायलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको पाइयो, तर आर्चायलाई भने मन्त्रालयको निर्णय थाहा नै भएन ।

उनको हाजिर गराएको दुई घण्टा नबित्दै जिल्ला हुलाक कार्यालयमार्फत साउन २३ गतेकै मितिमा खरिदार आर्चायलाई नेपाल विश्व विद्यालय पूर्वाधार विकास तयारी समिति काठमाडाैँमा काज सरुवा गरेको पत्र प्राप्त भएपछि आश्चर्यमा परेको समन्वय समितिका निमित्त कार्यालय प्रमुख जगतप्रसाद साहले बताए ।

'मन्त्रालयले झुक्किएर होस् वा जानीजानी ठूलो गल्ती गरेको छ,' समन्वय समितिका प्रमुख साहले भने, 'हाजिर गराएको दुई घण्टा नबित्दै हुलाकमार्फत पुरानै मितिमा काज सरुवाको पत्र पाएँ ।'

यसरी कार्यालयमा हाजिर भएको १६ दिन अगाडि नै उनको सरुवा भएको रहस्य खुलेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ