२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

दुई दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

९ फाल्गुन २०७२, आईतवार १४:२५

फागुन ९, वीरगंज । वीरगंजका
विभिन्न लायन्स क्लवहरुको संयुक्त आयोजनामा सञ्चालित दुई दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण
तथा औषधि वितरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

लायन्स क्लव
अफ वीरगंज, लायन्स सेन्ट्रल, लायन्स युथ, लायन्स सिनियर, लायन्स वाकिङ टिम तथा मारवाडी महिला मंचको
संयुक्त आयोजनामा पर्साको हरपतगंज गाविस स्थित धर्मशालामा सो स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको
थियो ।

शनिवार शुरु भइ
आइतवार सम्पन्न सो निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा डा.देवेश चन्द्र पाठक, शिव मंगल, बि प्रसादलगायत
पाँच जना वैद्यहरुको समुहले सो शिविरमा चार सय ६२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

कार्यक्रम लायन्स क्लव अफ वीरगंजका मनोहर टिवडेवाल, विजय जयसवाल, सुमित भंगर,
राजेश बरनवाल, मार्टिन मोक्तान, डिन्टु गुरुङ, महिला मंचकी पूजा पोदार, मिरा खेतान, निभा दास, सुमन
बगरिया, आशा अग्रवाल, कविता हलान, सुन्दरी अमात्य, पद्मा सरावगी, लायन्स वाकिङका टिमबाट अवधेश सरावगी,
आकाश सर्राफ, युथबाट बद्रि अधिकारी, सुरज पारिक, लियो क्लव अफ वीरगंजबाट सरिता खड्गी, रन्जना,
दिपेन्द्र, राम दिनेश, विकास जैसवाल, रेशम, मनोज लगायतका व्यक्तिहरुको सहभागितामा संचालन भएको थियो

कार्यक्रमका सहभागीहरुलाई निःशुल्क वितरण गरिएको औषधिहरु
चन्द्र आयुर्वेदिक प्रालि, नेपाल आयुर्वेदिक मेडिक कलेज फाउन्डेसन र वीरगंजका छ वटै लायन्स क्लवहरुको
आर्थिक सहयोगमा औषधिको व्यवस्थापन मिलाइएको थियो ।

शनिवारको
स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिंदै आइतवार हर्बल प्रेसर ट्रिटमेन्ट सेवा पनि
दिइएको थियो । कार्यक्रममा स्थानीयहरुले उत्साहपूर्वक सहभागी भएर स्वास्थ्य परीक्षण गराएको लायन्स क्लव
अफ वीरगंजका सुमित भंगरले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का