२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

दुई दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

२०७२, ९ फाल्गुन आईतवार १४:२५

फागुन ९, वीरगंज । वीरगंजका
विभिन्न लायन्स क्लवहरुको संयुक्त आयोजनामा सञ्चालित दुई दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण
तथा औषधि वितरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

लायन्स क्लव
अफ वीरगंज, लायन्स सेन्ट्रल, लायन्स युथ, लायन्स सिनियर, लायन्स वाकिङ टिम तथा मारवाडी महिला मंचको
संयुक्त आयोजनामा पर्साको हरपतगंज गाविस स्थित धर्मशालामा सो स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको
थियो ।

शनिवार शुरु भइ
आइतवार सम्पन्न सो निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा डा.देवेश चन्द्र पाठक, शिव मंगल, बि प्रसादलगायत
पाँच जना वैद्यहरुको समुहले सो शिविरमा चार सय ६२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

कार्यक्रम लायन्स क्लव अफ वीरगंजका मनोहर टिवडेवाल, विजय जयसवाल, सुमित भंगर,
राजेश बरनवाल, मार्टिन मोक्तान, डिन्टु गुरुङ, महिला मंचकी पूजा पोदार, मिरा खेतान, निभा दास, सुमन
बगरिया, आशा अग्रवाल, कविता हलान, सुन्दरी अमात्य, पद्मा सरावगी, लायन्स वाकिङका टिमबाट अवधेश सरावगी,
आकाश सर्राफ, युथबाट बद्रि अधिकारी, सुरज पारिक, लियो क्लव अफ वीरगंजबाट सरिता खड्गी, रन्जना,
दिपेन्द्र, राम दिनेश, विकास जैसवाल, रेशम, मनोज लगायतका व्यक्तिहरुको सहभागितामा संचालन भएको थियो

कार्यक्रमका सहभागीहरुलाई निःशुल्क वितरण गरिएको औषधिहरु
चन्द्र आयुर्वेदिक प्रालि, नेपाल आयुर्वेदिक मेडिक कलेज फाउन्डेसन र वीरगंजका छ वटै लायन्स क्लवहरुको
आर्थिक सहयोगमा औषधिको व्यवस्थापन मिलाइएको थियो ।

शनिवारको
स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिंदै आइतवार हर्बल प्रेसर ट्रिटमेन्ट सेवा पनि
दिइएको थियो । कार्यक्रममा स्थानीयहरुले उत्साहपूर्वक सहभागी भएर स्वास्थ्य परीक्षण गराएको लायन्स क्लव
अफ वीरगंजका सुमित भंगरले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु