२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संचारगृह र संचारकर्मी माथी आक्रमण र धम्कीप्रति युवा गठबन्धनको घोर भत्र्सना

११ फाल्गुन २०७२, मंगलवार ०३:११

parsa newsफागुन ११, वीरगंज ।
वीरगंजबाट प्रकाशित हुने राष्ट्रिय सहारा दैनिक पत्रिकाका प्रकाशक/सम्पादक चन्द्रभुषण साहलाई ९८५१०६८९१६
नम्बरको मोबाईलबाट अपशब्द प्रयोग गरि तथानाम गाली गलौज गर्दै धम्कयाएको घटना प्रति संघीय समावेसी मधेसी
युवा गठबन्धन पर्साले घोर भत्र्सना गरेको छ ।

गठबन्धनका संयोजक
ईश्वर यादवले आज एक प्रेस बिज्ञप्ती जारी गरी पत्रकार राष्ट्रको चौथो अंग भएतापनि समाजकै व्यक्तिहरुबाट
पत्रकारमाथि कुनैपनि प्रकारले धाक–धम्की दिनु कानुनी राज्यको उपहास भएको जनाएका छन् ।

त्यसै गरि मध्यतराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम १०३.८ मेगाहर्जमा
यहि फागुन ९ गते बिहान अपरिचित समुहले आक्रमणगरी एफ.एम.मा कार्यरत सुरक्षा गार्डलाई घाईते बनाएको घटना
प्रति समेत युवा गठबन्धनले बिरोध गरेको छ ।

यादवले कुनै पनि
संचारकर्मीलाई समाचार लेखेकै बहानामा धम्क्याउनु र संचारमाध्यममाथि आक्रमण गरी जनताको सु–सूचित हुन
पाउने अधिकारबाट बञ्चित गराउने प्रयास कुनै पनि हालतमा क्षम्य हुन नसक्ने तथा लोकतन्त्र तथा अभिव्यक्ति
स्वतन्त्रतामाथि ठाडो प्रहार भएकोले स्वतन्त्र प्रेसलाई रक्षा गर्न र कानुनी राज्यको अनुभूति गराउन
घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कानुनी कारवाही गर्न युवा गठबन्धन पर्सा सम्बन्धित पक्षसँग जोडदार
मा“ग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का