सन्तोषकुमार गुप्ता/भदौ २७, देउखुरी । देउखुरीको भालुवाङमा दोस्रो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/भदौ २७, देउखुरी । देउखुरीको भालुवाङमा दोस्रो "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको भालुवाङमा सुचना तथा व्यापारिक मोहत्सव सञ्चालन हुने

२७ भाद्र २०७३, सोमबार १३:११


सन्तोषकुमार गुप्ता/भदौ २७, देउखुरी । देउखुरीको भालुवाङमा दोस्रो पटक राप्तीद्धार सुचना तथा व्यपारिक मोहत्सव सञ्चालन हुने भएको छ । 

जिल्लाको पूर्वी देउखुरीको सुचना प्रविधिको विकासको विकास तथा सुचना प्रबधियुक्त कृषि, उद्योग, व्यापार तथा पर्यटन पर्वद्धन गरी भालुवाङमै अत्याधुनिक सुविधा सम्पन्न सुचना केन्द्र तथा सार्वजनिक पुस्ताकालय स्थापनाका लागि मोहत्सव सञ्चालन गर्न लागिएको हो । 

भालुवाङबाट प्रकाशित हुँदै आएको राप्तीद्धार राष्ट्रिय साप्ताहिकको आयोजनामा हिन्दुहरुको महान् चार्ड बडा दशैँ तथा तिहार पर्वको अवसर पारी असोजको २८ गते देखि कात्र्तिकको ८ गते सम्म गरी ११ दिन सम्म भालुवाङ पुल्चोकको निर्माणधिन बसपार्कमा सञ्चालन गर्ने तयारी भईरहेको पत्रिकाका सम्पादक केशब बोहराले जानकारी दिए । 

मोहत्सवबाटै यस क्षेत्रको सुचना तथा सञ्चारको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मोहत्सवलाई जिल्ला प्रशासन कार्यालय दाङले यही भदौ ६ गते नै अनुमति दिई सकेको सम्पादक बोहराले जानकारी दिए ।

यसैबीच भालुवाङमा सञ्चालन हुने लागेको मोहत्सव प्रति स्थानिय उद्योगी व्यापारिहरुले बिरोध जनाएका छन् । हालै भालुवाङ पुल्चोकमा भएको स्थानिय उद्योगी व्यापारीहरुको बैठकले आफूहरु संग कुनै पनि सल्लाह तथा सहमति नलिई आफू खुसी मोहत्सव आयोजना गर्न खोजेको भन्दै उनीहरुले कडा बिरोध जनाउँदै सशक्त प्रतिकारमा उत्रिने निर्णय समेत गरेका छन् । 

जेष्ठ व्यापारी खड्गबहादुर परियारको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रिखीराम आचार्य र संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार जगतप्रसाद पोख्रेलको बिशेष उपस्थीतिमा भएको बैठकले मोहत्सवका बिषयमा भेला अह्वान गर्न राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा संग माग गर्ने बेवास्त गरे सशक्त प्रतिकारमा उत्रिने निर्णय गरेका हुन् । 

साथै बैठकले संघमा दर्ता नै नभई डुलेर समान बिक्री गर्न प्रतिबन्ध लगाउने र राप्ती नदीमा जथाभावी माछा मार्ने काम भईरहेकोले तत्काल माछा मार्न रोक लगाउने लगायतको निर्णय गरेको छ । बैठकको सहर्जीकरण बिक्रम पाण्डे र भिर्माजुन सुवेदीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव