भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिक"/>
२०८२, २२ चैत्र आईतवार
पर्सा - PRS

वीरगन्जको विद्युत् प्राधिकरणमा एक करोड घाटा

२०७३, २८ भाद्र मंगलवार ०४:०२

भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले प्रत्येक महिना एक करोड दुई लाख रुपैयाँ घाटा व्यहोर्दै आएको छ । 

हाल जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले प्रत्येक महिना १७ लाख युनिट विद्युत् खेर गइरहेको वितरण केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवले बताउनुभयो । ग्रामीणक्षेत्रमा बढ्दो विद्युत् चुहावटलाई असुरक्षाका कारण नियन्त्रण गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । कूल ५९ हजार ग्राहकलाई विद्युत सेवा पु¥याउँदै आएको प्राधिकरणले बन्द भएको वीरगन्ज चिनी काराखानासँग रु तीन करोड, कृषि औजार कारखानासँग दुई करोड तथा अन्य सरकारी कार्यालयसँग गरी रु २० करोडसहित ६७ करोड रुपैया बक्यौता रकम उठाउन नसकेको हो । 

प्राधिकरणले विद्युत् चुहावट गर्ने ६७ जना ग्राहकलाई कारबाही गरी आठ लाख ६१ हजार २५० तथा ४२५ जना ग्राहकको लाइन काटी रु दुई करोड ९१ लाख ३३ हजार रकम असुलेको प्राधिकरण प्रमुख श्रीवास्तवले बताउनुभयो । कालोसूचीमा रहेका २९ हजार ग्राहकसँग प्राधिकरणले ११ करोड ३२ लाख ६९ हजार ११४ रुपैयाँ उठाउन बाँकी रहेको छ । ९५ प्रतिशत रकम सङ्कलन गरे पनि ग्रामीण क्षेत्रमा हुने विद्युत् चुहावट भने असुरक्षाका कारण रोक्न नसकिएको बताइएको छ । 

विद्युत् पोलबाट हुकिङ गरी विद्युत् चोर्नेलाई कारबाही गर्न जाँदा ग्रामीणवासीले प्राधिकरण कर्मचारीलाई कुटपिट गर्ने गरेकाले यो समस्या आएको बताउनुभएको छ । प्राधिकरणसँग कर्मचारी तथा स्रोतसाधनको अभावका कारण हाल पर्सा जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । वीरगन्ज उपमहानगरपालिकाले सडकबत्ती बालेबापत प्राधिकरणलाई १५ करोड ६२ लाख रुपैयाँ तिर्न नसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते