भदौ २८, पर्बत | पर्वतको भूकताङ्ले गाविसमा जमिन फाट्दा सर्वसाधारण घर छोडी हिड्न बाध्य भएका छन् । भूकताङ्ले गाविस अन्तर्गत वडा ७ मिडमा बसोबास गर्दै आएका ४ घरपरिवार विस्थापित भएका हुन् । विस्थापित परिवारका सदस्यहरु आफन्तकोमा बसेको बताइएको छ । भदौ बुधवार राती परेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, पर्बत | पर्वतको भूकताङ्ले गाविसमा जमिन फाट्दा सर्वसाधारण घर छोडी हिड्न बाध्य भएका छन् । भूकताङ्ले गाविस अन्तर्गत वडा ७ मिडमा बसोबास गर्दै आएका ४ घरपरिवार विस्थापित भएका हुन् । विस्थापित परिवारका सदस्यहरु आफन्तकोमा बसेको बताइएको छ । भदौ बुधवार राती परेको"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भूकताङ्लेमा जमिन फाट्दा सर्वसाधारण विस्थापित

२०७३, २८ भाद्र मंगलवार ०६:३१

भदौ २८, पर्बत | पर्वतको भूकताङ्ले गाविसमा जमिन फाट्दा सर्वसाधारण घर छोडी हिड्न बाध्य भएका छन् । भूकताङ्ले गाविस अन्तर्गत वडा ७ मिडमा बसोबास गर्दै आएका ४ घरपरिवार विस्थापित भएका हुन् । विस्थापित परिवारका सदस्यहरु आफन्तकोमा बसेको बताइएको छ । भदौ बुधवार राती परेको भीषण वर्षाका कारण बस्तीभन्दा माथिको डाँडाबाट पहिरो खसेको थियो । 

बस्तीभन्दा करीव ५०० मी माथि रहेको पहाडबाट पहिरो खसेको बताइएको छ । करीव सोही पहिरोको कम्पनले तल रहेको भिरालो बस्तीमा थप   पहिरो गएको हुनसक्ने अनुमान स्थानीयको छ । बस्तीको जमिन फाटेर स्थानीयवासीको ३ घर थप जोखिममा परेका छन् । पहिरो गएको र सर्वसाधारण विस्थापित भएको पुष्टि भूकताङ्ले प्रहरी चौकीले गरेको छ । थप विवरणको जानकारी भूकताङ्ताले प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएकोले त्यहीबाट लिन आग्रह गरेको थियो । थप विवरणबारे जान्न पटक पटक जिप्रका र प्रहरी नायव उपरीक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेन । 

जिप्रकाले विस्थापित सदस्यहरुको नामावली दिन सकेन । नेपाल प्रहरीका लागि बन्दुक र पेस्तोल ठुलो नभई सूचना हो भन्ने प्रहरी प्रमुख शेखर खनालको मोवाइल नम्वरमा घटनाबारे थप सूचना लिन पटक पटक डायल गर्दा पनि उठ्न सकेन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते