२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्णाली राजमार्गमा मानव अधिकारको चासो

२८ भाद्र २०७३, मंगलवार ०६:५७

भदौ २८, जुम्ला । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले कर्णाली राजमार्गको सञ्चालन अवस्थाबारे चासो देखाएको छ । 

कर्णालीमा निर्वाध स्वतन्त्र र सहजै रुपमा गाडी सञ्चालन नभएर नागरिकको आवातजावतमा पटक पटक असुविधा भोगिरहेको समस्याको जानकारी लिन आयोगले जुम्लाबाट अनुगमन सुरु गरेको हो । 

आयोगका मानव अधिकार अधिकृतहरु धनराज शाही, कुमारी महरा र रमेश रावत आयोगको कार्य क्षेत्रमा पर्ने कालीकोट जिल्लाको कोटबाडा पुग्नुभएको छ । 

विशेष गरी मानव अधिकार उल्लङ्घनविरुद्ध परेका उजुरीको अध्ययन, अनुसन्धान र पीडित पक्षको अवस्थाबारे बुझ्न तीनजनाको टोली सम्बन्धित स्थलमै पुगेको आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त उपनिर्देशक मानबहादुर कार्कीले जानकारी दिनुभयो । टोलीले खाद्य उपलब्धता र त्यसको गुणस्तरबारे अनुगमन गर्नेछ । 

मानव अधिकार अधिकृत धनराज शाहीले खासगरी बर्सेनि आयात निर्यातमा प्रभाव पार्ने कर्णाली राजमार्गले यहाँको मानव जीवनशैलीमा पु¥याएको प्रभावबारे अध्ययन गर्ने जनाउनुभयो । 

अनुगमनबाट नजिकिँदै गरेको दसैँ तिहार सहज बनाउन र सदाबहार सवारी आवागमन गराउन सडकको गुणस्तर वृद्धिका सवालमा राज्यलाई अल्पकालीन र दीर्घकालीन विकासमा ध्यानाकर्षण गराउने लक्ष्य राखिएको अधिकृत शाहीले बताउनुभयो । जनशक्ति अभावले थोरै गतिविधिमा सीमित रहेको उपक्षेत्रीय कार्यालय जुम्लाले चार अधिकृत पाएपछि हाल सेवामा प्रभावकारिता ल्याउन क्रियाकलाप विस्तार गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने