२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा चालक अनुमतिपत्रको दरखास्त खुल्यो

२८ भाद्र २०७३, मंगलवार ०७:०६

 भदौ २८, कैलाली । यातायात व्यवस्था कार्यालय, सेती अञ्चलले चालक अनुमतिपत्रको दरखास्त खोलेको छ । 

यातायात व्यवस्था कार्यालय सेती अञ्चलले करिब छ महिनापछि चालक अनुमतिपत्रको दरखास्त आह्वान गरेको छ । लामो समयपछि खोलेको दरखास्तले बढी भिडभाड भएपछि लाइन अव्यवस्थित हुँदा केहीबेर तनाव भएको थियो । भिडभाडमा आलोपालो मिचेर कोलाहल हुँदा प्रहरीले लाठीचार्ज गर्नुपर्दा पर्खाल नै नाघेर भाग्नेसम्मको क्रियाकलाप भएको थियो । 

सोमबारबाट आह्वान गरेको चालक अनुमतिपत्रको दरखास्तमा पहिलो दिनमै दुई हजारभन्दा बढीले दरखास्त दिएका थिए । काठामाडौँमा दैनिक दरखास्त खोल्न मिल्ने तर यहाँ छ÷छ महिनामा एकपटक मात्र दरखास्त खोल्ने प्रवृतिले जनतालाई सास्ती दिने गरेको भन्दै दरखास्त दिन आएका व्यक्तिले गुनासो गरेका छन् । 

यातायात व्यवस्था कार्यालयले दरखास्त दिनेहरुको मर्कालाई मध्येनजर गर्दै आज सार्वजनिक बिदाका दिन पनि दरखास्त लिने भएको छ । दरखास्त दिनेहरु धेरै आएकाले आज सार्वजनिक बिदाका दिन पनि दरखास्त लिने सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने