भदौ २८, भीमदत्तनगर । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, भीमदत्तनगर । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ ।"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

२८ भाद्र २०७३, मंगलवार ०७:३७

भदौ २८, भीमदत्तनगर । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ । 

विसं २०४९ मा स्थापना भएको विद्यालयमा हाल ३६७ जना विद्यार्थी अध्ययनरत छन् । दुईजना स्थायी शिक्षक र चारजना राहत शिक्षकले अध्यापन गराइरहेको भए पनि विद्यार्थीको चापले थप चारजना शिक्षक निजी स्रोतबाट राख्नुपरेको गणेश निमाविका प्राधानाध्यापक पशुपति मल्लले जानकारी दिनुभयो । 

“निजीस्रोतबाट शिक्षक नराखौँ स्कुल नै चल्दैन ।” प्राधानाध्यापक मल्लले रासससित भन्नुभयो – “चारजना शिक्षकका लागि मासिक रु ४० हजार जुटाउनुपर्ने हुन्छ ।” उहाँले शिक्षकलाई तलब खुवाउन गाउँमा अभिभावकसँग चन्दा सङ्कलन गर्दै आएको बताउनुभयो । “इच्छाअनुसार गाउँलेले चन्दा दिइरहनुभएको छ ।” उहाँले भन्नुभयो – “गतवर्ष रु एक लाख ५० हजार चन्दा सङ्कलन भएको थियो ।” 

विद्यालयले २०६६ सालदेखि शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आएको जनाएको छ । “शिक्षकबाट पनि अध्यापनमा सहयोग हुँदै आएको छ ।” मल्लले भन्नुभयो – “स्कुल पुरानो भए पनि संचरना र व्यवस्थापन हुन सकेको छैन ।” जिल्ला शिक्षा कार्यालयले विद्यार्थी सङ्ख्याका आधारमा दिने रकमले व्यवस्थापनमा केही सहुलियत भएको विद्यालयले जनाएको छ । 

त्यसैगरी विद्यालयमा आवश्यक भौतिक संरचनाको पनि अभाव रहेको छ । “भवन छन् तर झ्यालढोका छैनन् ।” मल्लले भन्नुभयो –“अफिस र कम्प्युटर कक्ष एउटैमा छ ।” विद्यालयको अन्य आय स्रोत केही नभएको बताउँदै प्राधानाध्यापक मल्लले विद्यालय परिसरमा विद्यार्थीलाई खानेपानीको निकै समस्या रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या