२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा एक सातादेखि हवाई उडान अवरुद्ध

२०७३, २८ भाद्र मंगलवार ०७:५९

भदौ २८, भोजपुर । भोजपुर जिल्लामा एक सातादेखि हवाई उडान अवरुद्ध भएको छ । 

नेपाल वायुसेवा निगमले मौसमका कारण देखाउँदै हवाई उडान सञ्चालन गर्न सकेको छैन । भोजपुरमा रहेको एकमात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन नसकेको हो । भोजपुरमा नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको छ । 

मौसमका कारण उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । उहाँले एक सातादेखि उडान नहुँदा यात्रु कसरी पठाउने भन्ने चिन्ता थपिएको बताउनुभयो । 

जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँ दुईजना सिफारिस गर्ने गरिएको छ । 

निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको छ । सो उडान पनि विगत चार महिनादेखि बन्द छ । भोजपुरमा नेपाल बायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ । 

त्यस्तै काठमाडौँका लागि चार उडान भर्दैै आएको छ । यसैबीच वर्षात्का कारण भोजपुरका सबैजसो सडक अहिले अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण भोजपुर–लेगुवा, भोजपुर घोरेटार, भोजपुर दिङ्ला र भोजपुर अन्नपूर्ण चखेवा सडक हिलाम्मै भएपछि यातायात सञ्चालनमा समस्या आएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते