रोशन तिवारी, पर्वत भदौ २८ . सुरक्षित विद्यालय परियोजना सञ्चालन भएका पर्वतका १० सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई खोज तथा उद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी, पर्वत भदौ २८ . सुरक्षित विद्यालय परियोजना सञ्चालन भएका पर्वतका १० सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई खोज तथा उद्ध"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा खोज तथा उद्धार तालिम

२८ भाद्र २०७३, मंगलवार १२:०९

रोशन तिवारी, पर्वत भदौ २८ . सुरक्षित विद्यालय परियोजना सञ्चालन भएका पर्वतका १० सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई खोज तथा उद्धार सम्बन्धि तालिम सञ्चालन गरिएको छ । यूरोपियन आयोगको मानविय सहायता तथा नागरिक सुरक्षा विभाग अन्तर्गत प्लान ईण्टरनेशनल नेपालको आर्थिक सहयोगमा ईन्प्रेड नेपाल पर्वतले तालिमको आयोजना गरेको हो । दुईदिन सम्म चल्ने तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा नेपाली सेनाको रणदल गुल्म गोदामका प्रशिक्षकहरुले सहजीकरण गर्ने जनाइएको छ ।


सेनाले गोदाममा रहेको व्यारेक र अर्मादीखोलामा खोज तथा उद्धारको व्यवहारिक अभ्यास पनि गराउने भएको आयोजकले जनाएको छ । तालिमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी युवराज पौडेलले विद्यालय स्तरमा हुने जोखिमको समाधान नगरेसम्म शिक्षण सिकाई प्रभावकारी नहुने भएकाले जोखिमको पहिचान र समाधानको उपाय खोज्नुपर्ने बताए । उनले वर्तमान र भविष्यका हरेक जोखिमको न्युनिकरण गर्न सबैको समान दायित्व हुने उल्लेख गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापति रुद्रबहादुर रिमाल, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक वविता शर्मा,प्लान ईण्टरनेशनल नेपाल वागलुङका कार्यक्रम अधिकृत भुपमणी दहाल लगायतले बोलेका थिए ।


ईन्प्रेड नेपाल पर्वतका कार्यकारी निर्देशक राजु पौडेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल र सञ्चालन ईन्प्रेड नेपालका कार्यक्रम अधिकृत ऋषीराम पौडेलले गरेका थिए । तालिम पश्चात सबै विद्यालयलाई खोज तथा उद्दारमा प्रयोग हुने गल, गैँची, कोदालो, लाईट, हेलमेट जस्ता सामाग्री प्रदान गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या