सन्तोषकुमार गुप्ता । भदौ २८ देउखुरी ।

प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ २८ देउखुरी ।

प्रहर"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

समाजमा अपराधिक घटना न्युनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य हुनु पर्नेमा जोड

२८ भाद्र २०७३, मंगलवार १७:१६

 ओमप्रकाश गुप्ता। भदौ २८ देउखुरी ।

प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले समाजमा हुने सवै खाले अपराधिक घटना तथा घरेलु हिंसा न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य हुनु पर्ने बताएका छन् । प्रहरी चौकी सिसहनियाँको आयोजनामा सिसहनयाँ—२ छोट्की सिसहनियाँमा आयोजना गरेको लैङगिक हिंसा तथा लागुऔषध दुव्र्यशन न्युनीकरण विषयक सचेतना मुलक प्रशिक्षात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । 

उनले सिसहनियाँ गाविसका केही वडा तथा टोलहरु शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले शान्ति सुरक्षा कायम गर्न र अपराधिक घटना हुन नदिन प्रहरी र नागरिक बीच साथीत्वको नाता हुनु पर्ने बताएका थिए ।  साथै कार्यक्रममा सहभागी अन्य वक्ताहरुले प्रहरीहरु गाउँ गाउँमा गई नागरिक मैत्री कार्यक्रम सञ्चालन गर्ने सके प्रहरी र नागरिक बिचको सम्बन्ध अझ बलियो हुने बताएका थिए । कार्यक्रममा प्रशिक्षक तथा सञ्चारकर्मी ओमप्रकाश गुप्ताले पछिल्लो समय यता युवाहरु लागु औषध दुव्र्यसनमा बढी संलग्नता बढेकाले घर परिवारबाट नै रोकथामको उपाय अपनाउनु पर्ने बताए । साथै उनले आफना छेरा छोरीहरु लाई कुलतमा फस्न नदिन छोरा छोरीको निगरानी गर्नु पर्ने बताए । साथै समुन्नत समाज निमार्ण गर्न समुदाय र प्रहरीको अझ महत्वपुर्ण भुमिका रहने भएकाले नागरिक र प्रहरी बिच मित्रताको भावना हुनु पर्ने बताए । प्रहरी चौकी सिसहनियाँका इन्चार्ज तथा प्रमुख यज्ञमणी वैदिकको अध्यक्षता एवम् वडा नागरिक मञ्च वडा नं. २ का संयोजक डम्बर बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेसका भिमलाल चौधरी, समाजसेवी तथा वुद्धिजिवी नन्दकुमार चौधरी लगायतका वक्ताहरुले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो । यसै बिच प्रहरी चौकीले दशै तिहार जस्ता चाडपर्वमा बढी मात्रमा अपराधिक घटना तथा चोरी डकैती हुने भएकाले पैदल, ग्रामिण , अटोमोवाइल र साइकल गस्तीलाई समेत तिव्रता बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो