सन्तोषकुमार गुप्ता । भदौ २८ देउखुरी ।

प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ २८ देउखुरी ।

प्रहर"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

समाजमा अपराधिक घटना न्युनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य हुनु पर्नेमा जोड

२०७३, २८ भाद्र मंगलवार १७:१६

 ओमप्रकाश गुप्ता। भदौ २८ देउखुरी ।

प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले समाजमा हुने सवै खाले अपराधिक घटना तथा घरेलु हिंसा न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य हुनु पर्ने बताएका छन् । प्रहरी चौकी सिसहनियाँको आयोजनामा सिसहनयाँ—२ छोट्की सिसहनियाँमा आयोजना गरेको लैङगिक हिंसा तथा लागुऔषध दुव्र्यशन न्युनीकरण विषयक सचेतना मुलक प्रशिक्षात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । 

उनले सिसहनियाँ गाविसका केही वडा तथा टोलहरु शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र भएकाले शान्ति सुरक्षा कायम गर्न र अपराधिक घटना हुन नदिन प्रहरी र नागरिक बीच साथीत्वको नाता हुनु पर्ने बताएका थिए ।  साथै कार्यक्रममा सहभागी अन्य वक्ताहरुले प्रहरीहरु गाउँ गाउँमा गई नागरिक मैत्री कार्यक्रम सञ्चालन गर्ने सके प्रहरी र नागरिक बिचको सम्बन्ध अझ बलियो हुने बताएका थिए । कार्यक्रममा प्रशिक्षक तथा सञ्चारकर्मी ओमप्रकाश गुप्ताले पछिल्लो समय यता युवाहरु लागु औषध दुव्र्यसनमा बढी संलग्नता बढेकाले घर परिवारबाट नै रोकथामको उपाय अपनाउनु पर्ने बताए । साथै उनले आफना छेरा छोरीहरु लाई कुलतमा फस्न नदिन छोरा छोरीको निगरानी गर्नु पर्ने बताए । साथै समुन्नत समाज निमार्ण गर्न समुदाय र प्रहरीको अझ महत्वपुर्ण भुमिका रहने भएकाले नागरिक र प्रहरी बिच मित्रताको भावना हुनु पर्ने बताए । प्रहरी चौकी सिसहनियाँका इन्चार्ज तथा प्रमुख यज्ञमणी वैदिकको अध्यक्षता एवम् वडा नागरिक मञ्च वडा नं. २ का संयोजक डम्बर बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेसका भिमलाल चौधरी, समाजसेवी तथा वुद्धिजिवी नन्दकुमार चौधरी लगायतका वक्ताहरुले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो । यसै बिच प्रहरी चौकीले दशै तिहार जस्ता चाडपर्वमा बढी मात्रमा अपराधिक घटना तथा चोरी डकैती हुने भएकाले पैदल, ग्रामिण , अटोमोवाइल र साइकल गस्तीलाई समेत तिव्रता बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी