भदौ २९, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महकाली सेती बस तथा मिनी बस व्यवसायी समितिले भारतको देहरादुनसम्म बससेवा सञ्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महकाली सेती बस तथा मिनी बस व्यवसायी समितिले भारतको देहरादुनसम्म बससेवा सञ्च"/>
२२ मंसिर २०८२, आईतवार
कन्चनपुर - KNC

महेन्द्रनगर–देहरादुन बससेवा सञ्चालन हुने

२९ भाद्र २०७३, बुधबार ०५:२४

भदौ २९, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महकाली सेती बस तथा मिनी बस व्यवसायी समितिले भारतको देहरादुनसम्म बससेवा सञ्चालनको तयारी प्रक्रिया अगाडि बढाएको छ । 

महाकाली सेती बस तथा मिनी बस व्यवसायी समिति र भारतको उत्तराखण्ड परिवहन निगमबीच महेन्द्रनगरदेखि देहरादुनसम्म बससेवा सञ्चालन गर्ने सम्झौता गरिएको छ । 

सम्झौतापछि दुवै देशका बस व्यवसायी समितिले सेवा सञ्चालनका लागि आ–आफना देशका सम्बन्धित निकायसँग अनुमतिका लागि प्रक्रिया अगाडि बढाएका छन् । “दुई महिनाभित्रै बससेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, महाकाली सेती बस तथा मिनी बस व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले भन्नुभयो । 

दैनिक दुवै बस व्यवसायीका एक÷एकवटा बस महेन्द्रनगर —देहरादुन रुटमा सञ्चालन हुने गरी सम्झौता गरिएको उहाँले बताउनुभयो । महेन्द्रनगरबाट यात्रुले सिधै देहरादुनसम्मको बस यात्रा गर्न पाउने भएकाले सहज हुने बस व्यवसायीको भनाइ छ । समितिले एक वर्षअघि देखि महेन्द्रनगर—नयाँ दिल्ली मैत्री बससेवा सञ्चालन गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य