२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितको आवासको लागि पुनःनिर्माणको काम सुरु

२०७३, २९ भाद्र बुधबार ०८:५८

भदौ २९, बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितको आवासको लागि पुनःनिर्माण कार्य थालिएको छ । 

रविओपी, पात्लेखेत, जैसीथोक, कटुञ्जेबेँसी, चण्डेनीमण्डन, बोल्देफेदेचीलगायत ३० गाविस र बनेपा नगरपालिकामा २८७ घर निर्माणाधीन अवस्थामा रहेको सहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिनुभयो । 

निर्माणाधीन भवनमा सरकारले परिचालन गरेका इन्जिनियर सहभागी भएकाले भूकम्प प्रतिरोधात्मक घर बनाउन सहज हुने उहाँले बताउनुुभयो । 

सुवालले अनुदान सम्झौता भएका गाविस तथा नगरपालिकामा पुनःनिर्माणको काम पनि तीव्र भएको उल्लेख गर्दै निर्वाचन क्षेत्रअनुसार इन्जिनियर परिचालन हुने भएकाले इन्जिनियरको दरबन्दी पनि घटाउने तयारी भएको बताउनुभयो । पुनःनिर्माणका लागि १५१ इन्जिनियरको दरबन्दी रहेको जिल्लामा अब १३९ जना कायम गरिने भएको छ । 

लाभग्राहीसँग अनुदान सम्झौता भएका गाविस तथा नगरपालिकालाई प्राथमिकतामा राखेर पुनःनिर्माणको काम भएको उल्लेख गर्दै उहाँले दसँैको मुखमा अनुदान सम्झौता तीव्र बनाइएकाले अनुदान सम्झौताको रकम दुरुपयोग हुनसक्नेमा उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते