२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा पुनःसंरचनाको टुङ्गो लाग्यो

२९ भाद्र २०७३, बुधबार ०९:०३

भदौ २९, मोरङ । दलबीचको लामो छलफल र संवादपछि मोरङ जिल्लामा १३ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । 

जिल्ला विकास समिति मोरङमा भएको पटक पटकको सर्वपक्षीय बैठकपछि दलहरु मोरङलाई १३ वटा स्थानीय तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् । 

जसअन्तर्गत मोरङमा एउटा महानगरपालिका, छ नगरपालिका र छ वटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङख्यामा सहमति भएको जिल्ला विकास समिति मोरङका योजना अधिकृत डमरुबल्लब बरालले बताउनुभयो । 

हाल कायम रहेका सात नगरपालिकामध्ये सुन्दरदुलारी र कोसी हरैचालाई गाभेर एउटै नगरपालिका बनाइने सहमति भएको छ । अन्य नगरपालिकामा आसपासका गाविस गाभिने भएका छन् । विराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाइने भएको छ । 

यसका लागि हात्तीमुडा, टङ्कीसिनवारी, लखन्तरी, वैजनाथपुर, कटहरी र बुधनगर गाविस गाभिने भएका छन् । महानगरपालिका, नगरपालिका र गाउँपालिकाको सङ्ख्या र सिमानाको सिफारिस मापदण्ड अनुसारनै गरिएको छ । महानगरपालिकाका लागि २०६८ सालको जनगणना अनुसार तीन लाख जनसङ्ख्या भएको हुनुपर्ने छ । 

नगरपालिकाका लागि तराईमा ७५ हजार र गाउँपालिकाका लागि ५० हजार जनसङ्ख्या हुनुपर्ने आधार तय गरिएको छ । 

अब पुनःसंरचनाको टुङ्गो लागेकाले यस सम्बन्धी प्रतिवेदन चाँडै नै आयोगमा पठाउने जिल्ला विकास समितिको तयारी छ । नौवटा निर्वाचन क्षेत्र रहेको मोरङमा हाल एक उपमहानगरपालिकासहित सातवटा नगरपालिका र ५० वटा गाविस रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने