२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिराेमा ज्यान गुमाउने सदस्यकाे परिवारलाई प्रदेश सरकारबाट तत्काल २५ हजार राहत

२०७९, २ कार्तिक बुधबार ०७:०१

कात्तिक २, सुर्खेत | कर्णाली प्रदेश सरकारले  १९ देखि २४ असोजसम्म परेको अविरल वर्षाको कारण गएकाे पहिरोमा परी ज्यान गुमाएका सदस्यका परिवारलाई जनही २५ हजार रुपैयाँ काजकिरिया खर्चस्वरुप दिने भएको छ । 

तत्कालका लागि किरिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले परिवारलाई रकम उलब्ध गराउन लागेकाे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए  । 

मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्च बापत राहत दिन सरकारले यो व्यवस्था गरेको बताए ।

पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए । अझै १९ जना बेपत्ता छन् । हुम्लामा मात्र ६ जनाको मृत्यु भएको थियो । यसैगरी, प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरू उद्धार र राहत सहयोग उपलब्ध गराउने कार्य भइरहेको मुख्यमन्त्री शाहीले बताए  । 

उनले पहिरोबाट सडकमा पुगेकाे क्षतिकाे सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने