२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बिरामीको मृत्युपछि नागरिक अस्पताल दिनभर तनावग्रस्त

२९ भाद्र २०७३, बुधबार १०:३०

रमेश गिरी, भदौ २९, भक्तपुर । सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि आज दिनभर भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल दिनभर तनावग्रस्त बनेको छ । 

अस्पताल र चिकित्सकको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल खारेजी र चिकित्सकलाई ज्यान मुद्दा लगाउनुपर्ने माग गर्दै पीडित पक्षले अस्पताल घेराउ गरेकाले त्यहाँ दिनभर तनाव भएको हो । 

हिजो अपरान्ह पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई– ६ घर भई हाल लोकन्थली बस्दै आएकी २१ वर्षकी मीना विश्वकर्माको राति पौने १२ बजे मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् । 

मृतककी श्रीमान् केशव बराइलीले अस्पताल र चिकित्सकको लापर्बाहीले श्रीमतीको ज्यान गएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–“सामान्य पेट देखेर उपचारका लागि ल्याएका थियौँ, अस्पतालमा नदुख्ने औषधि तेब्बर डोजसमेत दिइयो, बिरामीलाई गाह्रो हुँदै गएपछि अन्य अस्पतालमा लैजान खोज्दा समेत यही ठिक हुन्छ, भनेर राखियो, तर ढिला आएका चिकित्सकले समयमै उपचार नगर्दा मेरो श्रीमतीको ज्यान गयो ।” 

मृतककी आमाजु बिना बराइलीले चिकित्सक आउछ भनेर कुराएर राख्दा भाइबुहारीको ज्यान गएको आरोप लगाउँदै भन्नुभयो–‘दिउँसो १ बजे लगेको बिरामीलाई ‘आकास्मिक कक्षमै चिकित्सक आउँछन् पख्नुस् भनेर बिरामीको उपचारै नगरी तीनवटा इन्जेक्सन मात्रै दिएर राखे, समयमै उपचार नगर्दा बिरामीको मृत्युभयो ।’ 

बिरामीको मृत्यु भएलगत्तै रु २० हजार तिरेर शव लैजान अस्पतालले दबाब दिएको बताउँदै उहाँले भन्नुभयो“हामीलाई क्षतिपूर्ति चाहिँदैन, लापर्बाही गर्ने चिकित्सकद्वय निर्जला बजी तथा जमुना किरण पौडेललाई कारबाही र अस्पताल खारेज गर्नुपर्ने हाम्रो माग छ ।” 

भक्तपुर अस्पतालमा स्थायी दरबन्दीमा काम गर्दै आएकी प्रसूति रोग विशेषज्ञ डा पौडेल ५।३० बजे पुगेर उपचार सुरु गरेर आइसियुमा राखेपछि बिरामीको राति पौने १२ बजे मृत्यु भएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । अस्पतालका सुपरिटेन्डन प्रो डा राकेश बर्माले अस्पतालमा आएको बिरामीको सक्दो उपचार गरेको र उपचारमा खटिएका चिकित्सकको कमजोरी नरहेको दाबी गर्नुभयो । 

अस्पतालका निर्देशक सुरेश श्रेष्ठले उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्वीकार्दै भन्नुभयो–“यो अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामीको उपचार हुन्छ, यस्तो अस्पतालमा उपचारमा कहिलेकाहीँ बिरामीको ज्यान जान्छ, यो सामान्य हो, यसलाई गम्भीर रुपमा लिनुहुदैन।” 

आकस्मिक कक्षमा उपचारमा संलग्न डा बजीले प्रक्रिया अनुसार नै उपचार गरेको दाबी गर्दै एक महिनाको गर्भवती बिरामीको गर्भ पाठेघरभन्दा बाहिर गएको र रक्तस्राव भएकाले ज्यान गएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो“बिरामीका आफन्तले अन्य अस्पतालमा लान्छु भने पनि यही उपचार हुन्छ भनेर राखेका हौ, साँझ ५ बजे आउँछु भनेको डा पौडेल ढिला आउनुभयो, उहाँ आएलगत्तै थप उपचार सुरु गरेका हाँै, तर बचाउन सकिएन ।” 

डा पौडेलले भने भक्तपुर अस्पतालको सकेर आउँदा ढिला भएको बताउँदै बिरामीले एक महिना अगाडि खाएको विषको असर र चिकित्सकको सल्लाह विपरित बिहान बाहिरबाट किनेर खाएको औषधिले असर गरेकाले बिरामीको ज्यान बचाउन नसकिएको दाबी गर्नुभयो । 

मृतकका आफन्तले भने अस्पताल व्यवस्थापनका विभिन्न व्यक्तिले फोनबाटै क्षतिपूर्ति रकम लिएर शव लैजाउ, अस्पतालमा बबाल नगर भन्दै धम्की दिएको गुनासो गरेका छन् । 

मृतकको शव नबुझी कारबाहीको माग गर्दै दिनभर अस्पताल हाताभित्र आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेकाले प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर निकै स्थिति तनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य