२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मृगौला पिडित लाई सहयोग

२९ भाद्र २०७३, बुधबार ११:२१

भदौ २९, पोखरा । लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा ब्यटि सिटीको दोस्रो संयुक्त पदस्थापन कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तमुधिं नेपालका अध्यक्ष कर्म तमु र बिशिष्ट अतिथी डिस्ट्रिक गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले एकै घरका ४ जना मृगौला पिडितको सहयोगका लागि क्लबको तर्फबाट ११ हजार १ सय ११ को चेक हस्तान्तरण गरि उद्घाटन गरेका थिए । सोही अवसरमा डिस्ट्रिकका पुर्व गर्भनर पिएमजेएफ लायन ध्रुबबहादुर थापाले ब्यक्तिगत तर्फबाट रु १० हजार मृगौला पिडित परिवारका लागि सहयोग दिने घोषणा गरका थिए भने लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका सदस्य अर्जुन केसीले रु ३ हजार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तमुधिं नेपालका अध्यक्ष कर्म तमुले मानविय सेवाका लागि लायन्सले समाजमा पृथक काम गरेको उल्लेख गर्दै धनको पोको भएर मात्रै नहुने भन्दै समाजसेवाका लागि मनको पोको पनि फुकाउनु पर्ने बताए । डिस्ट्रिक ३२५ बि वानका गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले छोटो समयमै दुबै क्लबले लायनबादको सिद्धान्त मुताविक समाजसेवामा अग्रणी भुमिका खेल्न सकेकोमा बधाई दिए ।

निवर्तमान डिस्ट्रिक गर्भनर पिएमजेएफ लायन ध्रुवबहादुर थापाले लायन्सले समाजको अभाव, आवश्यकतालाई चिर्दै निस्वार्थ भावनाले सेवा गर्ने हुँदा यसको मर्मलाई भर्खरै खोलिएका नया क्लबहरुले आत्मसात गरि अगाडी बढेकोमा खुसी ब्यक्त गरे । जोन ३३ का चियरपर्सन एमजेएफ लायन मिलन थापाले मृगौला पिडितका लागि क्लबको पदस्थापनका अवसरमा सहयोग प्रदान गरि सकारात्मक सन्देश प्रबाह गरेको बताए ।

उनले अशोज १० गते पोखरा सभागृहमा निशुल्क मृगौला परिक्षण तथा औषधी बितरणको शिविर आयोजना गरिएको बताउदै एकै घरका ४ जना मृगौला पिडितको सहयोगका लागि अभियान नै चलाउने बताए । पदस्थापन समारोहमा दुबै क्लबका नवनिर्वा्र्चित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई डिस्ट्रिक गर्भनरले सपथ गराएका थिए । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका लायन वर्ष २०१५–१६ का अध्यक्ष लायन प्रदिप कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा कुँवरले आफ्नो कार्यकालमा भएको बार्षिक प्रतिबेदन पेश गरेका थिए भने बर्ष २०१६–१७ का अध्यक्ष लायन सुदिप पौडेलले आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।

लायन्स क्लब अफ पोखरा ब्युटि सिटीका अध्यक्ष लायन चिनु गुरुङ्गले कार्यकाल दोहोर्याएकाले बार्षिक प्रतिबेदन र कार्ययोजना सुनाएका थिए । कार्यक्रममा क्लका नवप्रवेशी सदस्यको परिचय लायन्स क्लव अफ पोखरा टुरिजमका सल्लाहकार लायन किसन गिरीले दिएका थिए भने स्वागत लायन्स क्लब अफ पोखरा ब्युटी सिटीका कोषाध्यक्ष सवि शेरचन र धन्यबाद ज्ञापन लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका तृतिय उपाध्यक्ष बिनय थापाले गरेका थिए 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने