२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा आगलागीबाट ६ पसल जले

२०७९, १३ कार्तिक आईतवार ०३:२१

कात्तिक १३, धनगढी । कैलालीको चौमाला बजारमा शनिबार साँझ भएको आगलागीबाट ६ वटा पसल जलेको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिका-१ मा रहेको चौमाला बजारस्थित हिमाल मोबाइल ग्यालरीमा अचानक विद्युतको लाइन सर्ट भएर भएको आगलागीमा ६ पसल जलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आगलागीबाट दुई वटा किराना पसल, दुई वटा मोबाइल पसल, एउटा हार्डवेयर पसल र एउटा होटल जल्दा एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिए ।

डीएसपी जोशीकाअनुसार स्थानीय बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा भाडा, लत्ता कपडा होटलका समान जलेर एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा दुई वटा फ्रिजलगायतका सामान जल्दा करिब १५ लाख, पारस सापकोटाको मोबाइल ग्यालरीका इलेक्ट्रोनिक समानलगायत जलेर १० लाखको क्षति भएको छ ।

हिमाल पुन मगरको मोबायल ग्यालरीको इलेक्ट्रोनिक समानलगायत जल्दा १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र सोही ठाउँका टंकप्रसाद आचार्यको सुज सेन्टरको जुत्ता, चप्पल लगायतका समान जलेर ३० लाख बराबरको क्षति भएको डीएसपी जोशीले जानकारी दिए ।

शनिबार साँझ लागेको आगो नम्बर ४३ रिजर्भ गण बनबेहडाको टोली, गोदावरी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा अबेर राति मात्र आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा