२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

कुरुवा बसेकी नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अस्पतालका कर्मचारी पक्राउ

२०७९, १३ कार्तिक आईतवार ०७:११

कात्तिक १३, काठमाडौँ । वीरगंजको गण्डक बाईपासमा रहेको एक अस्पतालमा कर्मचारीबाट कुरुवा बसेकी नबालिकालाई करणी गरेको घटना सार्वजनिक भएको छ। 

बाइपासमा रहेको स्पर्श मल्टिस्पेसालिटी हस्पिटलकै कर्मचारीबाट कुरुवा बसेकी नबालिकालाई करणी गरेको आरोप लागेको हो। हाडसम्बन्धी समस्याको उपचार गराइरहेका आफन्तको कुरुवा बसेकी नाबालिकालाई असोज २३ गते राति अस्पतालकै कर्मचारी आकाश मण्डलले जबरजस्ती करणी गरेको प्रहरीले बताए।

बिरामीलाई खाना ल्याइदिने र राति हेरचाहको लागि ती नबालिका कुरुवा बस्दै आएकी थिइन्। अस्पताल व्यवस्थापनको लापरवाहीको कारणले यस्तो घटना भएको परिवारजनको आरोप छ।

प्रहरीका अनुसार मण्डलले अस्पतालकै शौचालयमा लगेर जबरजस्ती गरेको नबालिकले बयान दिएकी छिन्। नबालिकाले दिएको जाहेरीको आधारमा मण्डललाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। आफन्तले दिएको जाहेरीको आधारमा कात्तिक ८ गते मण्डललाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्तासमेत रहेको डिएसपी गिरीले बताए।

अस्पतालका सञ्चालक महेश्वर कुर्मीले भने घटना अस्पतालबाहिर भएको दाबी गरे। प्रहरीमा उजुरी परेपछि मण्डललाई आफैले प्रहरीको जिम्मा लगाएको कुर्मीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने