२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा दुई किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

२०७९, १७ कार्तिक बिहीबार ११:१७

कात्तिक १७, काठमाडौँ | दुई किशोरी बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीबाट ९ जनालाई पक्राउ गरेको छ । बुधबार राति सवा १ बजेतरि १५ र १६ वर्षका किशोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।


१५ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका १० बस्ने वर्ष १८ का बबि पाण्डे, वर्ष २६ का रामबहादुर बिकलगायत ५ जना पक्राउ परेका छन् ।

त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने सैनामैना ११ बनकट्टि बस्ने वर्ष १९ का पदम कार्की, गैडहवा गाउँपालिका ८ बस्ने वर्ष १८ को राहुल परियार लगायतका थप २ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

कञ्चन गाउँपालिका २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका किशोरीलाई ११/१२ जनाको समूहका मानिसहरुले अपहरण गरी जंगल तथा खोला किनारमा लगी जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुर, सुर्यपुरा र सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने