पंकज धामी । भदौ ३०, दार्चुला | दार्चुलाका होटेल तथा रेष्टुरेण्टहरुमा सरसफाईको अवस्था नाजुक रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमनका क्रममा अपि नगरपालिका ११ बंगाबगड क्षेत्रका १५ वटा होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनको गरेको अनुगमनका क्रममा "/>
पंकज धामी । भदौ ३०, दार्चुला | दार्चुलाका होटेल तथा रेष्टुरेण्टहरुमा सरसफाईको अवस्था नाजुक रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमनका क्रममा अपि नगरपालिका ११ बंगाबगड क्षेत्रका १५ वटा होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनको गरेको अनुगमनका क्रममा उक्त होटेलहरुमा सरसफाइको अवस्था नाजुक रहेको पाइएको छ । त्यसैगरी दुई पशलहरुमा १७ लिटर अबैध मदिरा फेला परेको र लगत्तै नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुईकेलले जानकारी दिनुभयो ।
अनुगमनकै क्रममा पशलहरुमा साइनबोर्ड नभएको, ३/४ पशलमा कागजपत्र समेत नभएकाले ३ दिनभित्र कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी कुईकेलले जानकारी दिनुभयो ।