भदौ ३०, अर्घाखाँची । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, अर्घाखाँची । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रत"/>
२ माघ २०८२, बिहीबार
अर्घाखाँची - AGK

‘सबै दल नमिले संविधान कार्यान्वयन हुँदैन’ – पूर्वउपप्रधानमन्त्री रायमाझी

३० भाद्र २०७३, बिहीबार ०२:५९

भदौ ३०, अर्घाखाँची । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रतिपक्षभन्दा पनि संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ । 

सरकारमा को छ भन्दा पनि संविधान घोषणामा दलहरु एकमत र एकढिक्का भएजस्तै संविधान कार्यान्वयनका लागि एकजुट हुन नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभयो । 

उहाँले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको र संविधान संशोधनका लागि दुई तिहाइ चाहिने तर सरकार पक्षसँग मात्र त्यो सङ्ख्या नभएकाले एमाले लगायतका दलको पनि साथ चाहिने बताउनुभयो । सहमति, सहकार्य र एकताबिना संविधान कार्यान्वयन हुनै नसक्ने उहाँले धारणा राख्नुभयो । 

अर्घाखाँचीको सन्धिखर्कमा गाउँपालिका तथा नगरपालिकाको सीमाङ्कन तथा नामाकरणसम्बन्धी जिल्लास्तरीय परामर्श कार्यशालामा बुधबार बोल्दै नेता रायमाझीले संविधान कार्यान्वयन भएमात्र स्थानीय निकाय पुनःसंरचना र मधेसीको माग सम्बोधन हुने बताउनुभयो । स्थानीय बासिन्दाको मागलाई सम्बोधन गरेर अधिकतमभन्दा अधिकतम सजिलो हुनेगरी पुनःसंरचनामा जानुपर्ने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का