भदौ ३०, पाँचथर । फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, पाँचथर । फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् । 

"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचदिनदेखि बेपत्ता विद्यार्थी अझै भेटिएनन्

३० भाद्र २०७३, बिहीबार ०५:३५

भदौ ३०, पाँचथर । फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् । 

फिदिमका विभिन्न व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनापछि उनीहरु बेपत्ता भएका हुन् । अनुसन्धानबाट पृथ्वीले मोबाइल चोरेको पाइएपछि चोरेको मोबाइल प्रहरीमार्फत सम्बन्धितलाई फिर्तासमेत गराइएको थियो । त्यसपछि पृथ्वीलाई रातको १० बजे प्रहरीले विद्यालयलाई जिम्मा दिएको बुझिएको छ । 

विद्यालयमा ल्याएपछि आइन्दा त्यसो नगर्न भन्दै सम्झाउने हिसाबले पृथ्वीलाई सामान्य गाली गरेर सुत्न पठाएको प्रिन्सिपल सीता सेलिङले बताउनुभयो । सुत्न गएका पृथ्वी मिल्ने साथी वसन्तलाई लिएर शनिबार राति १२ बजे होस्टल छोडेर बेपत्ता भएको उहाँले सुनाउनुभयो । दुई बालक बेपत्ता भएपछि अभिभावक र विद्यालय प्रशासनमा तनाव उत्पन्न भएको छ । 

अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म बेपत्ता दुई विद्यार्थी भेटाउन नसकिएको विद्यालयले जनाएको छ । च्याङथापु–३ घर भएका पृथ्वी नर्सरीदेखि नै मेची बोर्डिङमा पढ्दै आएका विद्यार्थी हुन् । 

पृथ्वीका बुबा जगदीश राईले मोबाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दासमेत आफूलाई विद्यालयले जानकारी नगराएको गुुनासो गर्नुभयो । आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरबाही भएको पनि उहाँले दुखेसो गर्नुभयो । पृथ्वीसँगै बेपत्ता भएका वसन्तको घर भने फिदिम–३ लालीखर्क हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह