२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान

२०७९, २ मंसिर शुक्रबार ०३:०६

मंसिर २, म्याग्दी | म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल (प्लाष्टिकका घर)ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन् । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् । ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन् । अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी, साग, मुला र अन्य धेरै थरिका तरकारी झुलिरहेका देखिन्छन् ।

म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन् ।

प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेँडा कृषकले सदरमुकामसम्म ल्याएर प्रतिकिलो रु ६० देखि ८० सम्म बिक्री गर्ने गरेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्मा सापकोटाले बताउनुभयो । सापकोटाले भन्नुभयो, “प्लाष्टिकको टनेलभित्र गोलभेँडा, काँक्रा, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लहलह फलाएका छन् । टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकले राम्रै आम्दानी लिएका छौँ ।”

अगुवा कृषकका रूपमा चिनिएका सापकोटाका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका कृषकले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर मनग्ये आम्दानी लिन थालेका छन् । एउटा टनेल राख्न रु ३० देखि ४० हजारसम्म खर्च हुने उहाँ बताउनुहुन्छ । एउटा टनेलले एक सिजनमा रु ५०–६० हजारसम्म आम्दानी हुने र दोस्रो वर्षदेखि राम्रो कमाइ हुने कृषक सापकोटको भनाइ छ । 

मानिसहरूमा आग्र्यानिक उत्पादनको खोजी हुन थालेपछि आयातित तरकारी र फलफूलभन्दा जिल्लाका ग्रामीण भेगका कृषकले गाउँमै फलाएका तरकारी र फलफूलको माग बढ्दै गएको छ । पश्चिम म्याग्दीका कृषकको उत्पादन दरबाङ, बाबियाचौर र त्यहाँ खपत हुन नसकेको अवस्थामा सदरमुकाम बेनीमा बिक्री हुने गरेको बाबियाचौरका किसान रामहरि पौडेलले बताउनुभयो ।

उत्तरी म्याग्दीका कृषकले फलाएको तरकारी र फलफूल पोखरेबगर, भुरुङ तातोपानी, गलेश्वरलगायतका बजारमा बिक्री हुन्छ । ग्रामीण क्षेत्रमा गरेको बेमौसमी तरकारी खेतीको उत्पादन बिक्री गर्ने मुख्य बजार सदरमुकाम बेनी बजार हो । “व्यापारीको पहिले नै माग आउँछ, गाउँमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाइदिन्छु”, पाँचवटा टनेलमा तरकारी खेती गर्दै आउनुभएका खबराका कृषक चन्द्रबहादुर कार्की  भन्नुहुन्छ, “बिक्री गर्न कुनै समस्या छैन, कमाई राम्रै छ ।”

जिल्लाका छवटै स्थानीयतहले कृषकलाई अनुदान र निःशुल्करूपमा समेत कृषि औजार र बीउबिजन उपलब्ध गराउन थालेपछि कृषि पेसामा धेरैको आकर्षण बढेको बगरफाँटका कृषक भीमबहादुर रिजालले बताउनुभयो । जिल्लामा क्रियाशील विभिन्न गैरसरकारी सङ्घसंस्थाले कृषकलाई बेमौसमी तरकारी खेतीको तालिम दिई आवश्यक प्रविधि तथा बीउबिजन उपलब्ध गराएपछि गाउँगाउँमा प्लाष्टिकको टनेल भित्रिएको हो । केही वर्ष पहिलेसम्म काम विशेषले सदरमुकाम बेनीबजार जाँदा प्लाष्टिकको झोलामा एक–दुई किलो गोलभेँडा किनेर ल्याई छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर टनेलभित्र प्रशस्त बेमौसमी तरकारी लहलह फलेको सानालेखका हरिप्रसाद शर्माले बताउनुभयो ।

सदरमुकाम बेनीबजारमा तराईका जिल्लाबाट यो सिजनमा बेमौसमी गोलभेँडालगायतका तरकारी आयात हुँदै आएकामा जिल्लाकै ग्रामीण क्षेत्रमा मनग्ये उत्पादन हुन थालेपछि बाहिरी आयात घट्दै गएको व्यापारी बताउँछन् ।

जिल्लाका स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार विगत दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका दुई सयभन्दा बढी युवाले अहिले व्यावसायिक कृषि पेसा अपनाएका छन् । उनीहरूले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर व्यवसायिकरूपमा कृषिमा लागेका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ