Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
७ माघ २०८२, मंगलवार
पर्बत - PBT

तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध

३० भाद्र २०७३, बिहीबार ०८:२५

फलेवास (पर्वत), ३० भदौ ।
धौलागिरि अञ्चलका धेरै ठाउँमा तीन दिनदेखि विद्युत् सेवा ठप्प भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । मङ्गलबार रातिदेखि बागलुङको पैयुँपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले विद्युत् सेवा ठप्प हुँदा उद्योग, कलकारखानालगायत दैनिक कामकाज प्रभावित भएका छन् । केन्द्रीय लाइनमार्फत वितरण गरिने मुख्य लाइन रहेको आठवटा पोल भाँचिएपछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।

विद्युत् ठप्प भएको ठाउँमा सयपत्री हाइड्रो पावरको विद्युत् वितरण गर्न खोजिए पनि लोड धेरै भएकाले सफल हुन नसकेको हो । पर्वतको पाङ र बागलुङको गल्कोटबाहेक अरु ठाउँबाट वितरण हुने विद्युत् ठप्प भएको बागलुङ वितरण केन्द्रका सूचना अधिकारी सर्वजित केसीले जानकारी दिनुभयो । विद्युत् आपूर्ति सञ्चालनका लागि बुधबार सहस्रधारामा छवटा पोल गाडिएको छ भने बिहीबार कालाखोलामा दुईवटा पोल गाडिनेछ । मर्मत कार्य सकिएमा शुक्रबार साँझसम्म विद्युत् आपूर्ति हुने वितरण केन्द्रले जनाएको छ .रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह