रबिन्द्र यादव/भदौ ३०, नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा-४ रतनगंज बस्ने मंगरु मल्लाह का बिरामी छोरा बर्ष २८ का राजकुमार मल्लाह को उपचारको लागि ३५ हजार रुपया आर्थिक सहयोग गरेको मंच का संयोजक धिरज त्रिपाठीले जानकारी दिनु भएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/भदौ ३०, नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा-४ रतनगंज बस्ने मंगरु मल्लाह का बिरामी छोरा बर्ष २८ का राजकुमार मल्लाह को उपचारको लागि ३५ हजार रुपया आर्थिक सहयोग गरेको मंच का संयोजक धिरज त्रिपाठीले जानकारी दिनु भएको छ ।&nbs"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मधेस युवा उत्थान विकास मंच नवलपरासीद्वारा बिरामीलाई आर्थिक सहयोग

२०७३, ३० भाद्र बिहीबार ०८:३०

रबिन्द्र यादव/भदौ ३०, नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा-४ रतनगंज बस्ने मंगरु मल्लाह का बिरामी छोरा बर्ष २८ का राजकुमार मल्लाह को उपचारको लागि ३५ हजार रुपया आर्थिक सहयोग गरेको मंच का संयोजक धिरज त्रिपाठीले जानकारी दिनु भएको छ । 

त्रिपाठीका अनुसार बिरामीको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकोले पक्लिहवा गाविसका मंचका एकाइ अध्यक्ष भानु चौहान को नेतृत्वमा २० हजार अार्थिक संकलन गरियो भने १० हजार मधेस युवा उत्थान विकास मंचको कोषबाट गरि पैतिस हजार विरामीको बुबा मंगरु मल्लाह लाई प्रदान गरिएको बताउनु भएको छ । 

बिरामी राजकुमार विगत दुई बर्ष देखि पेट र शरीर फुल्ने रोगबाट ग्रसित रहेका छन । हाल पारिवारिक अवस्था कमजोर रहेको हुदा उनको उपचार हुन सकेको थिएन । मंचको सहयोगमा बिरामीलाई उपचारका लागि अहिले भरतपुर मेडिकल कालेज पठाइएको त्रिपाठीले बताउनु भएको छ । 

मंचले अार्थिक सहयोग गरेकोमा बिरामीका बुबा मंगरुले खुशी हुँदै छोराको ज्यान बचाउन मधेस युवा उत्थान विकास मंच नवलपरासी लाई धन्यवाद दिनु भएको छ साथै अरुबाट पनि आफ्नो छोराको ज्यान बचाउन आर्थिक सहयोग गरिदिन हुन समेत आग्रह गर्नु भएको छ । 

मधेस युवा उत्थान विकास मंच नवलपरासीले जिल्लाको विभिन्न ठाउँमा लागू औषध रोकथाम चेलीबेटी बेचबिखन रोकथाम महिला हिंसा रोकथाम युवा विकास का लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी