रबिन्द्र यादव/भदौ ३०, नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा-४ रतनगंज बस्ने मंगरु मल्लाह का बिरामी छोरा बर्ष २८ का राजकुमार मल्लाह को उपचारको लागि ३५ हजार रुपया आर्थिक सहयोग गरेको मंच का संयोजक धिरज त्रिपाठीले जानकारी दिनु भएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/भदौ ३०, नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा-४ रतनगंज बस्ने मंगरु मल्लाह का बिरामी छोरा बर्ष २८ का राजकुमार मल्लाह को उपचारको लागि ३५ हजार रुपया आर्थिक सहयोग गरेको मंच का संयोजक धिरज त्रिपाठीले जानकारी दिनु भएको छ ।&nbs"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मधेस युवा उत्थान विकास मंच नवलपरासीद्वारा बिरामीलाई आर्थिक सहयोग

३० भाद्र २०७३, बिहीबार ०८:३०

रबिन्द्र यादव/भदौ ३०, नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा-४ रतनगंज बस्ने मंगरु मल्लाह का बिरामी छोरा बर्ष २८ का राजकुमार मल्लाह को उपचारको लागि ३५ हजार रुपया आर्थिक सहयोग गरेको मंच का संयोजक धिरज त्रिपाठीले जानकारी दिनु भएको छ । 

त्रिपाठीका अनुसार बिरामीको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकोले पक्लिहवा गाविसका मंचका एकाइ अध्यक्ष भानु चौहान को नेतृत्वमा २० हजार अार्थिक संकलन गरियो भने १० हजार मधेस युवा उत्थान विकास मंचको कोषबाट गरि पैतिस हजार विरामीको बुबा मंगरु मल्लाह लाई प्रदान गरिएको बताउनु भएको छ । 

बिरामी राजकुमार विगत दुई बर्ष देखि पेट र शरीर फुल्ने रोगबाट ग्रसित रहेका छन । हाल पारिवारिक अवस्था कमजोर रहेको हुदा उनको उपचार हुन सकेको थिएन । मंचको सहयोगमा बिरामीलाई उपचारका लागि अहिले भरतपुर मेडिकल कालेज पठाइएको त्रिपाठीले बताउनु भएको छ । 

मंचले अार्थिक सहयोग गरेकोमा बिरामीका बुबा मंगरुले खुशी हुँदै छोराको ज्यान बचाउन मधेस युवा उत्थान विकास मंच नवलपरासी लाई धन्यवाद दिनु भएको छ साथै अरुबाट पनि आफ्नो छोराको ज्यान बचाउन आर्थिक सहयोग गरिदिन हुन समेत आग्रह गर्नु भएको छ । 

मधेस युवा उत्थान विकास मंच नवलपरासीले जिल्लाको विभिन्न ठाउँमा लागू औषध रोकथाम चेलीबेटी बेचबिखन रोकथाम महिला हिंसा रोकथाम युवा विकास का लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह