भदौ ३०, चितवन । चितवनको भरतपुर अस्पतालमा नयाँ भवन निर्माणसँगै सघन उपचार कक्ष (आइसियु) र शल्यक्रिया कक्षको क्षमता विस्तार गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, चितवन । चितवनको भरतपुर अस्पतालमा नयाँ भवन निर्माणसँगै सघन उपचार कक्ष (आइसियु) र शल्यक्रिया कक्षको क्षमता विस्तार गरिए"/>
७ माघ २०८२, मंगलवार
चितवन - CTW

भरतपुर अस्पतालमा आइसियु कक्ष विस्तार

३० भाद्र २०७३, बिहीबार ०९:१६

भदौ ३०, चितवन । चितवनको भरतपुर अस्पतालमा नयाँ भवन निर्माणसँगै सघन उपचार कक्ष (आइसियु) र शल्यक्रिया कक्षको क्षमता विस्तार गरिएको छ । 

अस्पतालको ए ब्लक पूरा भएपछि अस्पतालको आइसियु तथा शल्यक्रिया कक्षको क्षमता विस्तार गरी पोस्टअपरेटिभ वार्डसमेत स्थापना गरिएको हो । 

यसअघि नौ श्य्या क्षमताको मात्रै आइसियु सेवा अस्पतालले प्रदान गर्दै आएकामा आजदेखि २८ श्यया रहन सक्ने गरी क्षमता विस्तार गरिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । 

दश श्यया सञ्चालनमा आएको र बाँकीको सञ्चालनको प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा आइसियुको श्यया कम हुँदा बिरामी अन्य निजी अस्पतालमा महँगो शुल्क लिर्न बाध्य भएका थिए । 

“सरकारी अस्पतालमा नै यतिको ठूलो आइसियु सञ्चालनमा आएपछि गरिब, विपन्न र असहायले लाभ उठाउन सक्नेछन्,” अस्पताल विकास समितिका अध्यक्ष सुवेदीले भन्नुभयो, “अन्य पैसा तिर्न सक्नेले पनि अस्पतालबाट अत्याधुनिक सेवा लिन सक्छन् ।” 

विसं २०६६ मा अस्पतालमा सात श्ययाबाट आइसियु सेवा सुरू गरिएको थियो । अस्पतालका चिकित्सक डा विजय पौडेल सरकारी अस्पतालमध्ये भरतपुर अस्पतालको आइसियु सेवा उत्कृष्ट भएको दाबी गर्नुभयो । 

अस्पतालको छ स्थानबाट एकैपटक शल्यक्रिया सेवा गर्न सक्ने गरी क्षमता विस्तार समेत भएको छ । हालै मात्र श्यया थपेर भरतपुर अस्पतालले २० श्य्या क्षमताको पोस्टअपेरटिभ वार्डसमेत स्थापना गरेको छ । सबै सुविधा उपलब्ध हुने गरी नयाँ सेटअपसहित सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले मदन भण्डारी ट्रमा सेन्टर समेत स्थापना गरी सेवा दिन थालेको छ । उक्त अस्पतालमा अहिले झन्डै ६०० श्यया छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह