२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगन्ज उपक्षेत्रीय अस्पताल स्तरवृद्धिका लागि छलफल

३० भाद्र २०७३, बिहीबार ०९:४९

दौ ३०, वीरगन्ज । सरकारले वीरगन्ज उपक्षेत्रीय अस्पतालको स्तरवृद्धि गर्न सरोकारवालासँग छलफल गरेको छ । 

स्वास्थ्य मन्त्रालयका वरिष्ठ भौतिक पूर्वाधार सल्लाहाकार सुनिल खड्काको नेतृत्वमा आएको एक टोलीले आज अस्पताल विकास समितिका पदाधिकारीसंग छलफल गरेको हो । 

अस्पताल विकास समितिका अध्यक्ष डा रामदेव तिवारीको अध्यक्षतामा बसेको बैठकले अस्पताल हातामा निकट भविष्यमा पाँच शै्ययाको महेन्द्र आरोग्य अस्पताल निर्माण गर्ने, पुराना संरचनालाई भत्काइ नयाँ निर्माणका लागि पूर्वाधार तयार पार्ने, अस्पताल हाताभित्रको पुरानो सभाहल पुनःनिर्माणका लागि पनि पहल गर्ने निर्णय भएको छ । 

छलफलमा अस्पतालका मेडिकल सुपरिडेन्टेन डा रामपरीक्षण यादव वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियालगायतका व्यक्तिले अस्पतालको नयाँ संरचना बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

हाल सो अस्पतालमा सरकारको तर्फबाट २५० तथा अस्पताल विकास समितिको तर्फबाट १०० गरी ३५० शै्यया प्रयोगमा ल्याइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने