२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

जमुनी मधेपुरामा झाडापखालाको प्रकोप, ६० जना बिरामी

३० भाद्र २०७३, बिहीबार ११:०७

भदौ ३०, राजविराज । सप्तरीको जमुनी मधेपुरा गाविस–२ मा विगत चार दिनदेखि झाडापखालाको प्रकोप फैलिएको छ । 

चार दिनदेखि फैलिएको झाडापखाला प्रकोपले सो गाविसका २५ परिवारका करिब ६० जना व्यक्ति सिकिस्त बिरामी परेको बताइएको छ । 

सोही ठाउँका शङ्कर शर्मालगायत उनको श्रीमती र छोराछोरीलाई झाडापखाला लागेपछि सो गाविसका अधिकांश व्यक्तिमा फैलिएको र झाडापखालाले गाउँमा रहेका बालबालिका, वृद्धवृद्धासहितका व्यक्ति बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

फोहर दिसापिसाब र दूषित पानीका कारण हुने झाडापखाला अहिले जमुनी मधेपुरा गाउँमा फेलिएलगत्तै उक्त कार्यालयका जनस्वास्थ्य निरीक्षक राजनारायाण ठाकुरको नेतृत्वमा एक टोली त्यहाँ पुगेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी गराउनुभयो । 

झाडापखाला प्रकोपका कारण त्यहाँका प्रत्येक परिवारका एक– दुईजनामा यो रोग देखा परेपछि पीडित भएकालाई गाउँमै स्लाइनसहित औषधोपचार सुरु गरिएको छ । 

झाडापखाला प्रकोप नियन्त्रण गर्नका लागि थप औषधि तथा पानी शुद्धीकरणका लागि त्यहाँ रहेका स्वास्थ्य कार्यालयले प्रयास गरिरहेको जनस्वास्थ्य अधिकृत झाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने