२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

जमुनी मधेपुरामा झाडापखालाको प्रकोप, ६० जना बिरामी

२०७३, ३० भाद्र बिहीबार ११:०७

भदौ ३०, राजविराज । सप्तरीको जमुनी मधेपुरा गाविस–२ मा विगत चार दिनदेखि झाडापखालाको प्रकोप फैलिएको छ । 

चार दिनदेखि फैलिएको झाडापखाला प्रकोपले सो गाविसका २५ परिवारका करिब ६० जना व्यक्ति सिकिस्त बिरामी परेको बताइएको छ । 

सोही ठाउँका शङ्कर शर्मालगायत उनको श्रीमती र छोराछोरीलाई झाडापखाला लागेपछि सो गाविसका अधिकांश व्यक्तिमा फैलिएको र झाडापखालाले गाउँमा रहेका बालबालिका, वृद्धवृद्धासहितका व्यक्ति बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

फोहर दिसापिसाब र दूषित पानीका कारण हुने झाडापखाला अहिले जमुनी मधेपुरा गाउँमा फेलिएलगत्तै उक्त कार्यालयका जनस्वास्थ्य निरीक्षक राजनारायाण ठाकुरको नेतृत्वमा एक टोली त्यहाँ पुगेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी गराउनुभयो । 

झाडापखाला प्रकोपका कारण त्यहाँका प्रत्येक परिवारका एक– दुईजनामा यो रोग देखा परेपछि पीडित भएकालाई गाउँमै स्लाइनसहित औषधोपचार सुरु गरिएको छ । 

झाडापखाला प्रकोप नियन्त्रण गर्नका लागि थप औषधि तथा पानी शुद्धीकरणका लागि त्यहाँ रहेका स्वास्थ्य कार्यालयले प्रयास गरिरहेको जनस्वास्थ्य अधिकृत झाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने