प्रहरी सेवा केन्द्र लालमटियाको गाउँ तथा विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम

Posted on: 15 Sep, 2016

समाजमा अपराधिक घटना न्युनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य आवश्यक



सन्तोषकुमार गुप्ता । भदौ ३० देउखुरी ।

गाउँ घर हुने अपराधिक घटना, घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार नियन्त्रण गर्न सामुदायिक प्रहरी सेवा केन्द्र लालमटिया र ईलाका प्रहरी कार्यालय भालुवाङले केही दिन यता गाउँ तथा विद्यार्थी केन्द्रित सचेतना अभियान कै रुपमा सञ्चालन गरेको छ । समुदायमा हुने सबै प्रकारका गलत कृयाकलापलाई नियन्त्रण गर्न प्रहरीको मात्र एक्लो प्रयासले सम्भव नहुने हुँदा नागरिक र प्रहरी बीचको सहकार्यबाट सम्भव भएको भन्दै यस्तो अभियान शुरु गरिएको हो । 


यसैबीच आज लालमटिया—३ आँपखोली टोल भालुवाङमा घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार रोकथाम एवम् नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सेवा केन्द्रका सचिव उमेश अधिकारीको अध्यक्षता एवम् स्थानिय समाजसेवी तथा गेमबहादुर खड्काको प्रमुख आतिथ्यमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । सचेतना कार्यक्रममा प्रहरी सहायक निरिक्षक नबिन भट्टराईलेसमाजमा हुने सवै खाले अपराधिक घटना तथा घरेलु हिंसा न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य हुनु पर्ने बताए । उनले समुदायमा आवश्यक शान्ति सुरक्षा कायम गर्न र अपराधिक घटना हुन नदिन प्रहरी र नागरिक बीच साथीत्वको नाता हुनु पर्ने बताए । त्यस्तै कार्यक्रममा सामुदायिक प्रहरी अमृत कठायतले घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार रोकथाम लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । सो अवसरमा सहभागी अन्य वक्ताहरुले प्रहरीहरु गाउँ—गाउँमा गई नागरिकमैत्री कार्यक्रम सञ्चालन गर्ने सके प्रहरी र नागरिक बीचको सम्बन्ध अझ बलियो हुने बताएका थिए । कार्यक्रममा सेवा केन्द्रका सचिव उमेश अधिकारीले पछिल्लो समय यता युवाहरु लागु औषध दुव्र्यसनमा बढी संलग्नता बढेकाले घर परिवारबाट नै रोकथामको उपाय अपनाउनु पर्ने बताए । उनले आफना छेरा छोरीहरु लाई कुलतमा फस्न नदिन छोरा छोरीको निगरानी गर्नु पर्ने बताए । साथै समुन्नत समाज निमार्ण गर्न समुदाय र प्रहरीको अझ महत्वपुर्ण भुमिका रहने भएकाले नागरिक र प्रहरी बिच मित्रताको भावना हुनु पर्ने बताए । कार्यक्रममा आँपखोली टोल भालुवाङका १ सय ५० बढीको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!