भदौ ३१, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ वर्षीया थलकुमारी सुवेदी ९सावित्री०को मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।
घाइते रुपा कार्की, मनिसरा घिमिरे र चिनु घिमिरेलाई उपचारका लागि राति नै धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताउनुभयो ।
दुईजना सामान्य घाइतेको घरमै उपचार भइरहेको छ । घटनास्थलमा बेनीबाट प्रहरी टोली गएको छ । रासस