२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साका उपभोक्ता स्वस्थ्य पानी पिउनबाट वञ्चित

३१ भाद्र २०७३, शुक्रबार ०६:४९

भदौ ३१, वीरगन्ज । नेपाल खानेपानी संस्थान पर्साले वितरण गरेको खानेपानी पाइप करिब ५० वर्ष पुरानो तथा जीर्ण भएकाले उपभोक्ता स्वस्थ्य खानेपानी पिउनबाट वञ्चित भएका छन् । 

जमिनमुनि रहेका ती पाइप पुरानो तथा जीर्ण भएकाले ठाउँठाउँमा चर्किएको, फुटेका तथा खिया लागेकाले पानीसँगै लेदो र किराहरु आउन थालेपछि उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको उपभोक्ताको गुनासो छ । 

सार्वजनिक तथा निजी गरी बीरगन्जमा सात हजार ५०० धारा संस्थानले बितरण गरेका छन् । ती मध्ये अधिकांश धारा बिग्रेको भत्केको हुनाले प्रत्येक महिना एक लाख ८० हजार लिटर पानी चुहावट हुने गरेको प्रमुख चण्डेश्वर साहले बताउनुभयो । वीरगन्ज उपमहानगरपालिकाको जिम्मामा रहेको २२ वटा सार्वजनिक धारको संरक्षण हुन नसक्दा करिब ३० प्रतिशत पानी चुहावट हुने गरेको छ । 

पानीको खपत गरेबापत ग्राहकले समयमा महसुल बुझाउन नसक्दा संस्थानले सात करोड ३७ लाख रुपैयाँ उठाउन नसकेको हो । संस्थानले अघिल्लो वर्ष एक करोड ६८ लाख राजस्व उठाउन सके पनि बक्यौता रकम भने उठाउन नसकेको हो । पर्याप्त बजेट तथा जनशक्तिको अभावका कारण संस्थानले जमिनमुनि पाइप फेर्न नसक्दा उपभोक्ता स्वस्थ तथा सफा पानी खान नसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने