२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा हँसिया प्रहारबाट एकको मृत्यु, एक जना गम्भीर घाइते

२१ मंसिर २०७९, बुधबार ०५:०७

मङ्सिर २१ कैलाली | कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु-याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिनुभयो ।  हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ ।  उहाँको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताउनुभयो । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटना के–कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट