१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीको हत्यापछि टाउको काटेर झोलामा बोकी आत्मसमर्पण गर्न प्रहरीकहाँ पुगे अम्मरबहादुर

२१ मंसिर २०७९, बुधबार ०६:४८

मङ्सिर २१, काठमाडौँ | सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिए। 


उनले मंगलबार दिउँसो आफ्नी ३० वर्षीया श्रीमती मिना आले मगरको हत्या गरेको आरोप छ। अम्मरले धारिलो हतियार हँसियाको प्रहार गरी हत्या गरेर टाउको आफैंले झोलामा बोकेर हिँडे पनि बाँकी अरू भाग भने उनले घरमै छाडेका थिए।  उनले श्रीमतीको हत्यापछि टाउको काटेर प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भनेर हिँडेको प्रहरीले जनाएको छ। बजारसम्म पुगिसक्दा स्थानीयले देखेर सोधिखोजी गरेपछि प्रहरीलाई बोलाइएको थियो। 

एसपी विष्टका अनुसार पक्राउ परेका अम्मरबहादुर गत वैशाखमा मात्रै भारतबाट घर फर्किएका थिए। उनी वैदेशिक रोजगारीको शिलशिलामा ६ वर्ष दुबई, ३ वर्ष मलेसिया र भारतमा ४-५ महिना बसेर फर्किएका थिए। वैदेशिक रोजगारमा कमाएर श्रीमतीलाई पठाएको रकम सकाएको  कारणले पनि उनीहरूबीच झगडा हुने गरेको एसपी विष्टले बताए। त्यस्तै फेसबुकमा पनि धेरै समय बिताउने गरेको कारणले शंका पैदा भएकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको विष्टले जानकारी दिए।

शवको पोष्टमर्टम गर्न प्रदेश अस्पतालमा पठाएको प्रहरीले छ। यता अम्मरबहादुरमाथि थप अनुसन्धान गर्न कागजी काम गरिरहेको एसपी विष्टले बताए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट