२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा जङ्गली बँदेलले आतङ्क मच्चायो

३१ भाद्र २०७३, शुक्रबार ०९:४०

भदौ ३१, बर्दिबास । महोत्तरी जिल्लाको उत्तरवत्र्ती क्षेत्रको पशुपतिनगरमा जङ्ली बँदेलले आतङ्क मच्चाएको छ । गत शनिबार तीन÷चारवटाको सङ्ख्यामा आएका जङ्गली बँदेलले बालीनाली नोक्सान गरेको पशुपतिनगरका सर्वसाधारणले बताएका हुन् । 

शनिबार पहिलोपटक तीनवटा देखिएका बँदेल पाँच दिनकै अवधिमा सात आठवटाको सङ्ख्यामा देखिन थालेका छन् । बँदेलले कोबी, भान्टा, बन्दा र अन्य तरकारी बाली उखेल्ने, उधिन्ने गरेर लाखौँको नोक्सान गरेको पशुपतिनगर–१ का किसान महेन्द्रसिंह महतोले बताउनुभयो । 

करिब मध्यरातदेखि बिहान ४ बजेसम्म बँदेल आतङ्क बढेको सर्वसाधारणको भनाइ छ । बँदेलले केराका थाम, उखु र भर्खरै रोपिएका आँप, लिचीसहितका फलका बिरुवासमेत उखेलेर फालेको स्थानीयवासी मनमाया रानामगरले दुःखेसो गर्नुभयो । 

पशुपतिनगरसँग जोडिएको भङ्गाहाको रामनगर, बर्दिबास नगरपालिकाको प्रेमनगर र बिजलपुराको पूर्वी बस्तीमा पनि बँदेलले बाली नोक्सान गरेर दुःख दिएको ती बस्तीका सर्वसाधारणले बताएका छन् । बँदेलले धेरैजसो नयाँ फुल्नै लागेको कोबी खुबै मन पराएर खाने गरेको भङ्गाहा–३ रामनगरका किसान चाँगैन महतोले बताउनुभयो । 

समूहमा आउने बँदेलले मान्छे देखेपछि झम्टनेसमेत गरेकाले बस्तीमा त्रास छाएको सर्वसाधारणको भनाइ छ । बँदेल आतङ्क बढेसँगै इलाका प्रहरी कार्यालय बर्दिबास, इलाका वन कार्यालय बर्दिबास र बर्दिबासस्थित छिन्नमस्ता सशस्त्र प्रहरी गणमा जानकारी गराइए पनि नियन्त्रणको कुनै उपाय नभएको पीडितले बताएका छन् । 

जिल्लाको उत्तरवर्ती वन क्षेत्रमा खानेकुराको अभावसँगै सिकारी चलखेल बढेपछि बँदेल खानाको खोजी र सिकारीबाट बच्न गाउँबस्ती पसेको हुनसक्ने अनुमान गरिएको छ । 

यसैबीच इलाका वन कार्यालयका वन रक्षकले पशुपतिनगरमा बँदेल लखेट्न सुरु गरेको जनाएका छन् । पशुपतिनगरमा गतवर्ष पनि असोज, कात्तिकमा बँदेलले निकै नोक्सानी गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने