२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमित आठ वर्षदेखि सिक्रीमा, सहयोग गरिदिन परिवारजनको आग्रह

३१ भाद्र २०७३, शुक्रबार १०:३४

भदौ ३१, इनरुवा । आफ्नै छोरालाई पशुझै सिक्रीमा बाँधेर राख्नुपर्दाको पिडा सुनसरी औरावनी गाविस– ९ का भगवान साहले आठ वर्षदेखि भोग्दै आउनुभएको छ । तर उहाँसँग यो बाहेक अर्को विकल्प छैन । 

मानसिक सन्तुलन गुमाएका साहका २२ वर्षीय छोरा अमित विगत– ८ वर्षदेखि सिक्रीमा बाँधिएका हुन् । उनको उपचारका लागि साह परिवारसँग पैसा छैन । पैसा र पहुँच हुनेले देश विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन् तर आफूलाई न खान छ न बस्न कहाँबाट छोराको उपचार गराउनु गरिबको जिन्दगी यस्तै हँुदोरहेछ अमितकी आमा तितरीको दुखेसो छ । 

आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक रोगी अमितलाई घरमै बाँधेरराख्नु परिरहेको हो । उपचारका लागि आर्थिक समस्या छ । स्थानीय एक विद्यालयमा कक्षा– ९ मा पढ्दै गर्दा अमितले मानसिक सन्तुलन गुमाएका हुन् । अहिलेसम्म अमितका घरमा कोही पनि सहयोगी र अधिकारकर्मी पुग्न सकेका छैनन् । 

अमितको परिवारले उनलाई उपचार गर्दै नगरेको पनि होइन । भारतसम्म पु¥याएर उपचार गराउँदा पनि आर्थिक समस्याले नै पिरोलेकाले आठ वर्षदेखि आफ्नै छोरालाई फलामे सिक्रीले बाँधेर राख्न बाध्य भएका परिबार अमितको उपचारमा कसैले सहयोग गरे उपचार गराउने आशमा छ तर अहिलेसम्म उनलाई सहयोग गर्ने हातहरु नजुटेको साहकोे गुनासो परिवारको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…