१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीसहित पश्चिम तराईमा शीतलहर सुरु

२८ मंसिर २०७९, बुधबार ०५:२८

मङ्सिर २८, कैलाली | कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । 

बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।

लम्की बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान  नसकेको बताउनुहुन्छ । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्नुहुन्छ । उहाँ सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि आज भने काममा जान नसकेको बताउनुहुन्छ । 

बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर सुरु भएपछि कैलालीका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन् । लम्कीका किसान जगनाथ जैशीले करिब दुई कट्ठा जग्गामा आलु तथा तरकारी खेती लगाउनुभएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो की भन्ने चिन्ताले उहाँलाई पिरोलेको छ । 

जाडोयाम सुरु भएपछि कसरी आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने भन्ने चिन्ता लम्कीचुहा–३ वादी बस्तीकी रमा वादीलाई छ । बर्सातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन् । शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट